श्रीनगर, 20 सेप्टेम्बर (हि.स.)। जम्मू-कश्मीर पुलिस विंग काउन्टर इन्टेलिजेन्स कश्मीर (सीआईके)-ले शनिवार आतंकवादसित सम्बन्धित एक मामिलामा उपत्याकाका आठ वटा स्थानमा छापा माऱ्यो। सम्बन्धित अधिकारीहरूले बताए, मामिलाको जाँच गर्ने क्रममा सीआईकेले उपत्याकाका आठ वटा विभिन्न स्थानमा खानतलासी गरिरहेको छ। उनीहरूले बताए, श्रीनगर, बारामुला, अनन्तनाग, कुपवाड़ा, पुलवामा औ शोपियाँ जिल्लामा यो खानतलासी भइरहेको छ। यो खानतलासी पुलिस थाना सीआईकेको एफआईआर संख्या 3/2023 को मामिलामा सक्षम अदालतबाट प्राप्त खोजी वारन्ट अन्तर्गत गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा