क्यानिंगमा रगतपच्छे शव भोटियो, क्षेत्रमा खैलाबैला
क्यानिंगमा रगतपच्छे शव भोटियो, क्षेत्रमा खैलाबैला


दक्षिण 24 परगना, 21 सेप्टेम्बर (हि.स.)। दक्षिण 24 परगना जिल्लाको क्यानिंगमा आइतवार बिहान रगतपच्छे भएको एउटा शव भेटिनाले क्षेत्रमा कोकोहोलो मचियो। घटना क्यानिंग-1 ब्लकको दिघीरपार ग्राम पञ्चायत अधिनस्थ मातला नदीको फिसरी क्षेत्रमा भएको हो। बिहान स्थानीय मानिसहरूले एकजना व्यक्तिको शव लड़िरहेको देखेपछि तत्कालै पुलिसलाई सूचित गरिदिए।

सूचना पाए लगत्तै क्यानिंग थानाको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई क्यानिंग महकुमा अस्पतालमा पुऱ्यायो जहाँ डाक्टरहरूले मृत घोषित गरिदिए। घटनास्थलबाट पुलिसले रगताम्मे भएको कपड़ा र एउटा मोबाइल फोन हात पारेको छ। मोबाइलको सहयोगले मृतकको पहिचान शमिम पायलानको रूपमा भएको छ जो उस्ती थाना क्षेत्रका निवासी थिए।

स्थानीय मानिसहरूले अनुमान व्यक्त गरेका छन्, शमिमको हत्या गरी शवलाई फालेर अपराधीहरू भागे। हत्या पछाड़िको कारण अहिले स्पष्ट हुन सकेको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande