मुख्यमन्त्री डा. यादवले अन्तर्राष्ट्रिय शान्ति दिवसमा शुभकामना दिए
मुख्यमन्त्री डा. यादवले अन्तर्राष्ट्रिय शान्ति दिवसमा शुभकामना दिए


भोपाल, 21 सेप्टेम्बर (हि.स.)। आज (आइतवार) अन्तर्राष्ट्रिय शान्ति दिवस हो। प्रत्येक वर्षको 21 सेप्टेम्बरमा विश्वभरि नै अन्तर्राष्ट्रिय शान्ति दिवस पालन गरिन्छ। अन्तर्राष्ट्रिय शान्ति दिवस एउटा यस्तो अवसर हो जतिबेला हामी देश-दुनियाँमा शान्ति अनि सद्भावनालाई कायम राख्नको लागि पहल गर्न सक्छौं। यस विशेष अवसरमा मध्य प्रदेशका मुख्यमन्त्री डा. मोहन यादवले बधाई अनि शुभकामना दिएका छन्।

मुख्यमन्त्री डाा. यादवले सोशल मीडिया एक्समा आफ्नो शुभकामना सन्देश जारी गर्दै भने, तपाईहरू सबैलाई 'अन्तर्राष्ट्रिय शान्ति दिवस'- को हार्दिक शुभकामना। हामी सबैलाई गर्व छ कि युगौंदेखि शान्ति नै भारतको मूल चरित्र हो। आउनुहोस् 'वसुधैव कुटुम्बकम्'- को भावना बोकेर अगाड़ि बढ़्दै 'Act Now for a Peaceful World' थीमको लक्ष्यलाई पूरा गर्नका लागि संकल्पित होऔं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande