हावड़ा, 21 सेप्टेम्बर (हि.स.)। हावड़ा ग्रामीण जिल्ला तृणमूल कंग्रेसका चेयरम्यान तथा उदयनारायणपुरका विधायक समीर पाञ्जाले गए शनिवार आफ्नो पद अनि पार्टीबाट राजीनामा दिए। यो कदम उनले जिल्ला तथा ब्लक कमिटीका अध्यक्षहरूको नाम घोषणा गरिएको केही मिनटपछि उठाएका हुन्।
शनिवार हावड़ा सदर औ हावड़ा ग्रामीण जिल्लाका विभिन्न ब्लक अध्यक्षहरू सहित तृणमूल कंग्रेसका केही पदाधिकारीहरूको सूची जारी गरियो। सूची जारी भएको तुरून्तैपछि विधायक पाञ्जाले आफ्नो त्याग पत्र पार्टीका राज्य अध्यक्ष सुब्रत बक्सीलाई पठाए।
समीर पाञ्जाले भने, “मैले पहिला नै सुझाउ दिएको थिएँ कि आमता, उलुबेरिया उत्तर र सांकराइल केन्द्रका वर्तमान अध्यक्षहरूलाई अपदस्थ गरेर नयाँ मानिसहरूलाई जिम्मेवारी सुम्पिइयोस्। त्यसताक पार्टी नेतृत्वहरूले यसमाथि बैठक हुने कुरा गरेका थिए, तर कुनै बैठक भएन।”
उनले अझ थपे, “मैले कैयौं पटक सुब्रत बक्सीसित सम्पर्क गर्ने चेष्टा गरेँ, तर उनीसित बातचित हुन सकेन। हाम्रो बैठकपूर्व नै जिल्ला कमिटीको घोषणा गरियो। जुन तीन वटा केन्द्रका अध्यक्षहरूलाई परिवर्तन गर्ने कुरा मैले उठाएको थिएँ, त्यहाँ कुनै फेरबदल भएन। यसैको विरोधमा मैले जिल्ला चेयरम्यानको पदबाट राजीनामा दिने फसेला गरेको हो।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा