महालयसितै बंगालमा दुर्गोत्सवको शुभारम्भ
महालयसितै बंगालमा दुर्गोत्सवको शुभारम्भ


कोलकाता, 21 सेप्टेम्बर (हि.स.)। महालयासितै आइतवारदेखि पितृपक्षको समापन भयो। यसको साथै सम्पूर्ण पश्चिम बंगालमा दुर्गा पूजा शुरू भएको छ। औंसी तिथिमा बिहानदेखिकै हजारौं श्रद्धालुहरू गंगा तटमा जुटे अनि पितृ तर्पण गरेर आफ्ना पूर्वजहरूलाई श्रद्धाञ्जली अर्पण गरे। कोलकाताको बाबू घाट, फेरी घाट, निमतला घाट समेत सबै प्रमुख घाटहरूमा स्नान अनि तर्पणको लागि व्यापक भीड़ उर्लियो। वैदिक मन्त्रोच्चारणबीच पुरोहितहरूले तिल, पुष्प अनि चामल हातमा राखेर पितृहरूको तर्पण गराए।

बिरेन्द्र कृष्ण भद्रको आवाज अनि देवी पक्षको शुरुआत-

महालयाको दिन बंगालको परम्परा अनुसार बिहान 5 बजी आकाशवाणीमा बिरेन्द्र कृष्ण भद्रको आवाजमा महिषासुरमर्दिनी पाठको प्रसारण भयो। यसलाई सुनेर देवी पक्षको शुभारम्भ भएको मानिन्छ। यसै क्षणदेखि श्रद्धालुहरूको मान्यता छ कि माँ दुर्गा स्वर्गदेखि धरतीमा आउँछन् अनि आफ्नो माइत पुग्छन्। त्यसपछि राज्यभरि नै ढोल, मन्त्रोच्चार तथा दुर्गा स्तुतिको साथमा आराधनाको वातारण उत्पन्न हुन्छ।

पण्डालहरूमा उमंग औ उल्लास-

कोलकाता लगायत बंगालभरिकै गाउँ-गाउँ, शहर-शहरमा दुर्गा पण्डाल सजिन थालेको छ। विशालकाय प्रतिमाहरू स्थापना गर्ने कार्य पनि शुरू भइसकेको छ। दुर्गा पूजा एउटा धार्मिक पर्व मात्र नभएर बंगालको संस्कृति एवं कलाको सबैभन्दा भव्य उत्सव पनि हो। भण्य पण्डाल, शानदार लाइटिंग एवं अनौठो थीमलाई हेर्नका लागि भारत मात्र होइन विश्वभरिकै लाखौं मानिसहरू यहाँ आउँछन्।

मौसमले बढ़ाइदियो चिन्ता-

अर्कोतिर मौसम विभागले चेताउनी दिएको छ, पूजा अवधि वर्षाले पूजाको आनन्दलाई फिका बनाउनसक्छ। बंगालको खाड़ीमा निर्मित निम्न दबाव अनि सक्रिय मौसमी हावाको कारणले आगामी बुधवारसम्म कतिपय ठाउँमा घना वर्षा हुने आशंका छ। विभागले अनुमान व्यक्त गरेको छ, दशैभरि नै छुटपुट वर्षा भइरहनेछ। त्यसैले पूजा आयोजक र श्रद्धालुहरू चिन्तित भएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande