कोलकाता, 21 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालको मुख्य निर्वाचन अधिकारी (सीईओ) कार्यालयले विधानसभा चुनाउ- 2026 पूर्व राज्यका सबै मतदान केन्द्रहरूको विस्तृत डाटाबेस तयार गर्ने प्रक्रिया शुरू गरेको छ। यसको उदेश्य मतदाताहरूलाई उनीहरूको निर्धारित मतदान केन्द्रको सम्पूर्ण जानकारी पहिलाबाटै उपलब्ध गराउनु हो।
सीईओ कार्यालयसित सम्बन्धित एकजना अधिकारी अनुसार केही पुराना मतदाताहरूको बूथ यसपालि परिवर्तन हुनसक्छ। यसको प्रमुख कारण हो, आगामी चुनाउमा मतदान केन्द्रहरूको संख्यामा लगभग 17 प्रतिशत वृद्धि गरिएको छ। पछिल्लो वर्ष 2021-को विधानसभा अनि वर्ष 2024-को लोकसभा चुनाउको तुलनामा आगामी वर्ष 2026-मा बूथहरूको संख्या बढ़ेर 94 हजारभन्दा अधिक हुनेछ।
निर्वाचन आयोगको निर्देश अनुसार अब कुनै पनि बूथमा 12 सयभन्दा अधिक मतदाता हुनेछैन, त्यसैले अतिरिक्त मतदान केन्द्र बनाइएको हो।
सूत्र अनुसार तयार भइरहेको डाटाबेसमा प्रत्येक बूथको लोकेशन, ढाँचा एवं उपलब्ध सुविधाहरूको ब्यौरा दर्ता गरिनेछ। यसमा ऱ्याम्प, शौचालय, पिउने पानी जस्ता मूलभूत सुविधाहरूसँगसँग प्रवेश एवं निकास द्वारहरूको जानकारी पनि हुनेछ। यस अतिरिक्त घरदेखि मतदान केन्द्रसम्मको दूरत्वको विवरण पनि उपलब्ध गराइन्छ।
सीईओ कार्यालयको भनाइ छ, यस पहलको उदेश्य मतदाताहरूलाई पहिलाबाटै स्पष्ट जानकारी उपलब्ध गराउनु हो ताकि मतदानको दिन कुनै प्रकारको समस्या नहोस्। जिल्ला एवं प्रखण्ड स्तरको चुनावी प्रशासनलाई यस डाटाबेससम्म सोझो पहुँच दिइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा