गुवाहाटी, 21 सेप्टेम्बर (हि.स.)। असमका शिक्षा मन्त्री डा. रनोज पेगूले आइतवार सोनापुरका विभिन्न स्थलहरूको निरीक्षण गरे जहाँ गायक जुबिन गर्गको अन्तिम संस्कार हुने सम्भावना व्यक्त गरिँदैछ।
मन्त्रीले यो भ्रमण राज्य सरकार र गर्ग परिवारबीच भइरहेको परामर्श प्रक्रिया अवधि गरेका छन्। परिवारको इच्छा अनुरूप अन्तिम संस्कारको व्यवस्था सुनिश्चित गर्नको लागि यो कदम उठाइएको हो।
निरीक्षणको क्रममा नाजिराखाटस्थित नर्थ-ईस्ट ट्राइबल म्युजियम परिसर, सोनापुर बरखाटमा राष्ट्रिय राजमार्ग किनारमा अवस्थित सरकारी भूमि तथा हातीमुरास्थित राजमार्ग नजिकैको एक भू-खण्ड सम्भावित विकल्पहरूमा सामेल छन्। घटनास्थलमा उपस्थित अधिकारीहरूले प्रत्येक स्थलको पहुँच, उपलब्ध स्थान तथा भारी भीड़लाई सम्हाल्ने क्षमता आदिको मूल्यांकन गरे।
मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले पनि भीडियो कलमा प्रस्तावित स्थलहरूलाई लिएर सचिवसित मिलेर तयारीहरूमाथि चर्चा गरे। उनले भने, अन्तिम संस्कारको व्यवस्था परिवारको भावना अनि जनमानसको अपेक्षा अनुरूप होस्।
मन्त्री पेगूले स्पष्ट पारे, धेरैवटा विकल्पहरू भए पनि अन्तिम निर्णय दिवंगत जुबिनको परिवारकै हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा