नाबालिकको अपहरणकर्ता पक्राउ, नाबालिक सकुशल उद्धार
नाबालिकको अपहरणकर्ता पक्राउ, नाबालिक सकुशल उद्धार


हरिद्वार, 21 सेप्टेम्बर (हि.स.)। पुलिसले नाबालिकलाई अपहरण गर्ने आरोपीलाई पक्राउ गरी नाबालिकलाई सकुशल उद्धार गरेको छ। पुलिसले नाबालिकलाई परिवारकहाँ सुम्पिदिएको छ।

जानकारी मुताविक 20 सेप्टेम्बरको दिन थाना भगवानपुर निवासी नाबालिककी आमाले पुलिसमा सिकायत दर्ता गराएर आफ्नी 15 वर्षीय नाबालिक छोरीलाई आरोपी शाहनवीरले फकाई-फुस्लाई भगाएर लगेको छ। पुलिसले तत्काल कारबाही गर्दै आज आरोपीलाई समात्यो।

नाबालिकलाई सकुशल उद्धार गरियो। पुलिसले नाबालिकको बयानपछि आरोपीविरूद्ध मुद्दा दर्ता गऱ्यो। आरोपीको पहिचान शाहनवीर निवासी ग्राम सिरचन्दी थाना भगवानपुर जिल्ला हरिद्वार उमेर 19 वर्षको रूपमा गरिएको छ। पुलिस सम्पूर्ण घटनाको अनुसन्धानमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande