जलपाईगुड़ी, 21 सेप्टेम्बर (हि.स)। सिलगढ़ी-जलपाईगुड़ी राष्ट्रिय राजमार्गमा राजगञ्ज ब्लकको बन्धुनगर क्षेत्रमा आइतवार ठूलो दुर्घटना हुनदेखि बच्यो। हिमाचलदेखि अगरतलातर्फ गइरहेको स्याउ लादिएको एउटा लरी अचानक अनियन्त्रित भएर सड़क किनारमा पल्टियो। तर यस घटनामा कुनै प्रकारको मानव क्षति भएन। लरी चालकलाई सामान्य चोट मात्र लाग्यो।
प्रत्यक्षदर्शीहरू अनुसार भोर बिहान 3 बजे सिलगढ़ी-जलपाईगुड़ी राष्ट्रिय राजमार्गमा राजगञ्ज ब्लकको बन्धुनगर क्षेत्रबाट लरी गुज्रिरहेको थियो अचानक लरीले नियन्त्रण गुमायो जसले गर्दा हेर्दा-हेर्दै लरी सड़क किनारमा पल्टियोअनि लरीमा लादिेका स्याउहरू यत्रतफ फैलिए। दुर्घटनापछि केही क्षणसम्म सड़कमा खैलाबैला मचियो। स्थानीय मानिसहरूले तुरून्त घटनास्थलमा पुगेर चालक र सह-चालकलाई बाहिर निकाएर प्राथमिक उपचार उपलब्ध गराए। यसबीच दुर्घटना भएको खबर पाएर भोरेर आलो थाना पुलिस अनि फूलबाड़ी राजमार्ग यातायात चौकी पुलिस घटनास्थलमा पुग्यो। पुलिसले दुर्घटनाग्रस्त लरीलाई उद्धार गरी अग्रिम कारबाही शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा