महालयमा ममता ब्यानर्जीले साझा गरिन् स्वरिचत पूजा गीत
महालयमा ममता ब्यानर्जीले साझा गरिन् स्वरिचत पूजा गीत


कोलकाता, 25 सेप्टेम्बर (हि.स.)। महालयासितै आइतवारदेखि देवी पक्षको शुरूआत भएको छ। सारा बंगालभरि नै माँ दुर्गाको आराधना शुरू भएको छ। यसै अवसरमा मुख्यमन्त्री ममता ब्यानर्जीले एक ट्वीट गरी मानिसहरूलाई महालयको शुभकामना दिइन्।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा लेखिन्, “जाग दुर्गा, जाग दशप्रहरणधारिणी। तर्पण, आगमन औ आवाहनमा सबैलाई महालयको शुभकामना।” उनले यस अवसरमा आफूद्वारा रचयित एवं संगीतबद्ध गरिएको पूजा गीतलाई पनि मानिसहरूसित साझा गरिन्।

महालयाको दिन पारम्परिक रूपमा गंगा स्नान औ पितृहरूको तर्पण गरिन्छ। यसको साथै दुर्गा पूजा उत्सवको औपचारिक शुरूआत पनि मानिन्छ। आजदेखि हरेक घर अनि पण्डालहरूमा माँ दुर्गाको स्तुति तथा स्वागतका गीतहरू गुञ्जिन थालेका छन्। सारा बंगालमा अब आगामी दिनसम्म भक्ति, संस्कृति एवं उत्सवको रंग छाइरहनेछ।

उल्लेखनीय छ, मुख्यमन्त्री ममता ब्यानर्जीले साझा गरेकी गीतलाई उनले आफै लेखेकी हुन् भने इन्दनिल सेनले त्यसलाई स्वर दिएका छन्। यसमा मूल रूपमा देवी दुर्गाको आराधना गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande