स्वस्थ तन मन बलियो समाजको आधारशिला
स्वस्थ तन मन बलियो समाजको आधारशिला


कोलकाता, 21 सेप्टेम्बर (हि.स.)। मानव धर्मका प्रणेता सदगुरुदेव सतपाल जी महाराजको 75औं जन्मोत्सवको अवसरमा सामाजिक एवं आध्यात्मिक संस्था मानव उत्थान सेवा समितिद्वारा सिनियर सिटीजन्स फोरमको सहयोगमा न्यू अलीपुरस्थित माता राज राजेश्वरी ज्योति मन्दिरमा स्थानीय मानिसहरूको लागि नि:शुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजन गरियो।

शिविरमा तीन सयभन्दा धेरै मानिसहरूले स्वास्थ्य परीक्षण, शुगर टेस्ट, ब्लड प्रेशर टेस्ट, ईसीजी र आंखाको परीक्षण गराए। साथै, जसलाई आंखाको अपरेशनको आवश्यकता बताइयो, उनीहरूको लागि नि:शुल्क अपरेशनको व्यवस्था गरिएको छ।

यस अवसरमा आश्रम प्रभारी महात्मा कालिंदी बाईले भनिन्, स्वस्थ तन एवं स्वस्थ मन बलियो समाज एवं राष्ट्रको आधारशिला हुन्, यस कुरालाई ध्यानमा राखेर एकातिर सन्त महात्माहरूको प्रवचन र सत्संगको माध्यमद्वारा मानवको मनलाई सफा र सुरक्षित राख्ने प्रयास गरिॅंदैछ भने अर्कोतिर स्वास्थ्य जॉंच शिविरको माध्यमले तनको सुरक्षा सुनिश्चित गर्ने कार्य गरिएको छ।

यस अवसरमा संस्थाको तर्फबाट सीनियर सिटीजन्स फोरमका सदस्यहरूलाई सम्मानित गरिएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande