मुख्यमन्त्रीले सतपालजी महाराजलाई जन्मदिनको बधाई दिए
मुख्यमन्त्रीले सतपालजी महाराजलाई जन्मदिनको बधाई दिए


गान्तोक, 22 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले मानव उत्थान सेवा समितिका प्रणेता श्री सतपालजी महाराजलाई जन्मदिनको हार्दिक बधाई एवं शुभकामना दिएका छन्।

मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा सतपालजी महाराजलाई जन्मदिनको बधाई दिॅंदै उनका दृढ समर्पण, सार्वजनिक सेवामा अमूल्य योगदान, र गहन आध्यात्मिक नेतृत्व अनगिन्ती मानिसहरूका लागि मार्गदर्शक प्रकाश र प्रेरणाको स्रोत बनेको बताएका छन्।

मुख्यमन्त्रीले सतपालजी महाराजको खुशी, सुस्वास्थ्य र सबै प्रयासहरूमा निरन्तर सफलताका साथै उनको ज्ञान, दृष्टि र अटल अनुग्रहले जीवनलाई उज्यालो बनाइरहोस् भनी कामना पनि गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande