मुख्यमन्त्री ममता ब्यनर्जीले दिइन् नवरात्रिको शुभकामना
मुख्यमन्त्री ममता ब्यनर्जीले दिइन् नवरात्रिको शुभकामना


कोलकाता, 22 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले सोमवार नवरात्रिको शुभारम्भमा मानिसहरूलाई हार्दिक शुभकामना दिइन्। मुख्यमन्त्रीले सोशल मीडियामा लेखिन्, यस पावन अवसरमा उनी आफ्नो तर्फबाट सबैप्रति शुभकामना प्रेषित गर्दछन्।

नवरात्रि जुन नौ दिनसम्म देवी दुर्गाको आराधना गर्ने पर्व हो, यस वर्ष 22 सेप्टेम्बरदेखि आगामी 2 अक्टोबरसम्म मनाइनेछ। यस अवधि देशभरि नै शक्तिको उपासना, व्रत-उपवास, गरबा औ सांस्कृतिक कार्यक्रमहरूको आयोजन हुन्छ। प्रत्येक वर्ष नै यहाँ बंगाल तथा देश मात्र नभएर दुनियाँभरिका मानिसहरू दुर्गा प्रतिमाको दर्शन गर्नका लागि आउने गर्दछन्।

ममता ब्यनर्जीले आफ्नो सन्देशमा भनिन्, यो पर्वले समाजमा शान्ति, समृद्धि तथा भाइचारालाई सुदृढ़ बनाउनेछ। उनले यो पनि उल्लेख गरिन्, नवरात्रि धार्मिक आस्थाको पर्व मात्र होइन, स्त्री शक्तिको सम्मान र सत्यमाथि असत्यको विजयको प्रतीक पनि हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande