दुर्गा पूजामाथि मड़ारिरहेको छ वर्षारूपी कालो बादल, मौसम विभागले जारी गऱ्यो चेताउनी
दुर्गा पूजामाथि मड़ारिरहेको छ वर्षारूपी कालो बादल, मौसम विभागले जारी गऱ्यो चेताउनी


कोलकाता, 22 सेप्टेम्बर (हि.स.)। दुर्गा पूजापूर्व मौसम विभागले पानी पर्ने आशंका व्यक्त गरेको छ। विभागानुसार उत्तर अण्डमान सागर र म्यान्मार तटवर्ती क्षेत्रमा चक्रवाती दबाव उत्पन्न भएको छ जुन उत्तर र उत्तर-पश्चिम तर्फ बढ़्दै सोमवारसम्म उत्तर बंगालको खाड़ीसम्म पुग्नेछ। यसै अवदि आगामी 25 सेप्टेम्बरभित्रमा म्यान्मार र बंगलादेश तट संलग्न उत्तर-पूर्व बंगालको खाड़ीमा एउटा निम्न दबाव क्षेत्र सृष्टि हुने सम्भावना छ जुन दुई-तीन दिनभित्रमा गहिरो दबावमा परिणत हुनसक्छ।

मौसम विभागका वरिष्ठ अधिकारीले बताए, यसको फलस्वरूप दुर्गा पूजाको शुरूआतमै पानी पर्ने आशंका छ। विशेष तटीय क्षेत्रहरूमा घना वर्षा हुनसक्छ। अनुमान छ, चतुर्थी (25 सेप्टेम्बर)-देखि घना वर्षा शुरू हुनेछ। यदि स्थिति यस्तै कायम रह्यो भने आगामी 30 सेप्टेम्बरदेखि 2 अक्टोबरसम्म अर्ताथ अष्टमीदेखि दशमीसम्ममा वर्षाको रूप अझ तीव्र हुनेछ।

सोमवार दक्षिण बंगालका सबै जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा साथै मेघ गर्जन हुने सम्भावना व्यक्त गरिएको छ। दक्षिण 24 परगना, पूर्व औ पश्चिम मेदिनीपुर जिल्लामा एकदेखि दुई मिलीमीटरसम्म भारी वर्षा हुने चेताउनी जारी गरिएको छ। मंगलवार पनि यी तीन वटा जिल्लाहरू सहित बाँकुड़ाका केही भागहरूमा भारी वर्षाको चेताउनी दिइएको छ।

उत्तर बंगालका जिल्लाहरू अर्थात दार्जीलिङदेखि मालदासम्म मेघ गर्जन, वज्रपात तथा तूफानी हावा सहित वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। मौसम विभागले बतायो, हावाको गति 30-40 किलोमीटर प्रतिघण्टासम्म हुनसक्छ।

कोलकातामा पनि सोमवारदेखि हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ जसले चाड़-पर्वको उमंंगलाई प्रभावित पार्नसक्छ। मुख्यमन्त्री ममता ब्यनर्जीले दुर्गा पूजा आयोजकहरूलाई सतर्क रहने तथा सबै आवश्यक तयारीहरू गर्ने निर्देश दिएकी छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande