रामपुरहाट, 22 सेप्टेम्बर (हि.स.)। रामपुरहाट आदिवासी छात्रा हत्याकाण्डमा हरेक दिन नयाँ-नयाँ खुलासा भइरहेको छ। अब यो जानकारी प्राप्त भएको छ, छात्रा बेपत्ता भएको दुई दिनपछि नै पक्रा पर्ने शिक्षक मनोज पाल एकजना अधिवक्ता कहाँ पुगेका थिए र छात्रासित सँगै बसेको कुरा पनि स्वीकार गरेका थिए।
अधिवक्ता अनुसार गत 30 अगस्तको दिन मनोज उनीकहाँ आए अनि बताए, 27 अगस्तको दिन छात्रालाई उसको प्रेमीसित छात्रावासमा आपत्तिजनक अवस्थामा भेटिएको थियो। यसलाई लिएर शिक्षकवर्गले उसलाई गाली पनि गरेको थियो जसकारण विवाद भएको थियो। दोस्रो दिन 28 अगस्तमा ट्यूशनबाट फर्किँदा छात्रासित मनोजको भेट भयो। स्थितिलाई सम्हाल्ने र छात्रालाई ढाँढस दिने बहानामा उसले छात्रालाई वीरचन्द्रपुरमा लिएर गयो। यहाँसम्म कि उसले उसको लागि तारापीठबाट कपड़ा पनि खरिद गऱ्यो। अबेर भइसकेको कारणले उसले छात्रालाई आफ्नो भाड़ाको घरमा बस्न भन्यो।
अधिवक्ताले अझ भने, पछिल्लो 29 अगस्तको दिन छात्राको परिवार मनोजको घरमा पुग्दा उसले छात्रालाई लुकाएको थियो। त्यो राती पनि छात्रा र मनोज एउटै घरमा बसे। 30 अगस्तको दिन मनोजले छात्रालाई आफ्नो घरदेखि सय मीटर टाड़ा छोड़ेर आयो। त्यसपछि मनोज पहिला हाई कोर्टका अधिवक्ता त्यसपछि फेरि बीरभूमका अधिवक्ता कहाँ पुगे।
आश्चर्यको कुरा के छ भने मनोजले बारम्बार अधिवक्तासित यो कुरा जान्न चाहेको थियो यदि छात्राको सड़िसकेको शव भेटियो भने पुलिसले कुन प्रक्रियाले जाँच गर्नेछ र यस्तो अवस्थामा उ कतिसम्म फस्नसक्छ। यति मात्र नभएर अग्रिम जमानतको लागि सुप्रीम कोर्ट जाने योजना सम्म बनाइरहेको थियो। अर्थात हत्या भएको तुरून्तै उ आफूलाई बचाउने रणनीतिमा जुटेको थियो। तथापि तमाम षड़यन्त्र तथा कानूनी सल्लाहले पनि अन्ततः उसलाई पुलिसदेखि बचाउन सकेन। अधिवक्ताले पनि स्पष्ट पारे, यस भीषण अवराधमा उनले मनोजलाई बचाउने छैनन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा