दुर्गापुर, 21 सेप्टेम्बर (हि.स.)। दुर्गापुरमा तृणमूल कंग्रेसका जिल्ला उपाध्यक्ष औ निखिल नायकको गए शनिवार साँझ रहस्यमय परिस्थितिमा मृत्यु भयो। शनिवार साँझ नगरनिगमको एक नम्बर वार्ड, कमलपुरको दशेरबाँधस्थित घरमा उनको शव भेटियो। पुलिसानुसार शव घरको पहिलो तलाको सिँढ़ीको रेलिंगमा झुण्डिरहेको थियो।
58 वर्षीय निखिल नायक विगत लामो समयदेखिकै तृणमूलसित जोड़िँदै आएका थिए। क्षेत्रमा उनको गहिरो प्रभाव छ। ठूलो संख्यामा समर्थकहरू उनीसित जोड़िएका थिए। उनको मृत्यु भएको खबर फैलिनसाथ कार्यकर्ता अनि समर्थकहरू घटनास्थमा पुगे।
मृतक नेताका निकटवर्ती कार्यकर्ताहरूले आरोप लगाएका छन्, यो आत्महत्या होइन, हत्या हो। उनीहरूको भनाइ छ, शवमा संदिग्ध निशान पाइएको छ। मृतकको हातमा खाना लागेको थियो साथै शव जमीनमा टाँसिएको थियो। यस्तो परिस्थितिमा आत्महत्या सम्भव छैन।
घटनापछि आक्रोशित कार्यकर्ताहरूले पुलिसलाई घेरेर विरोध प्रदर्शन गरे। उनीहरूले घटनाको जाँचको स्निफर डगलाई बोलाउने माग समेत गरे।
तृणमूलको 1 नम्बर ब्लक अध्यक्ष राजीव घोषले भने, “यो अस्वाभाविक मृत्यु हो। यो आत्महत्या जस्तो लाग्दैन। पुलिसले जाँच गरेर वास्तविकतालाई उजागार गरोस्।”
अर्कोतिर पुलिसले अनुसन्धानको क्रममा घटनास्थलबाट केही सामानहरू जफत गरेको छ। आसनसोल-दुर्गापुर पुलिसका डीसी (पूर्व) अभिषेक गुप्ताले भने, “शवलाई कब्जामा लिइएको छ। केही प्रमाण पनि भेटिएको छ। पूर्ण जाँच भइरहेको छ चाँड़ै नै रहस्यको खुलासा हुनेछ।”
राज्यका पञ्चायत, ग्रामीण विकास औ सहकारिता मन्त्री प्रदीप मजुमदार पनि घटनास्थलमा पुगे। उनले भने, “निखिलबाबू वरिष्ठ संगठनकर्ता थिए। उनको दुःखदायी मृत्युबाट हामी शोकाकुल भएका छौं। मैले राज्य सरकारको पक्षबाट पुलिससित निष्पक्ष अनि तीव्र जाँच गर्ने माग गरेको छु। मलाई भरोसा छ, यथाशीघ्र वास्तविकता छर्लङ्ग हुनेछ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा