दिवंगत जुबिनमाथि अश्लील टिप्पणी गरेको आरोपमा एक पक्राउ
दिवंगत जुबिनमाथि अश्लील टिप्पणी गरेको आरोपमा एक पक्राउ


होजाई (असम), 21 सेप्टेम्बर (हि.स.)। होजाई जिल्लाको डबका पुलिसले असमका महान गायकमाथि अश्लील टिप्पणी गरेको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ।

पुलिसले आइतवार बतायो, गायक जुबिन गर्गको सम्बन्धमा सोशल मीडियामा अश्लील टिप्पणी गरेको आरोपमा डबका पुलिसद्वारा माधव चन्द्र दैमारी नामक युवकलाई पक्राउ गरिएको छ। युवकले अश्लील टिप्पणी गरेपछि सोशल मीडियामा यसको घोर विरोध भइरहेको थियो जसपश्चात पुलिसले कड़ा एक्शन लिँदै युवकलाई पक्राउ गरेको छ।

आरोपी युवकलाई कड़ाभन्दा कड़ा सजाय दिने माग जुबिनका प्रशंसकहरूले गरिरहेका छन्। ज्ञात रहोस्, जुबिनको मृत्यु बितेको शुक्रवार सिंगापुरमा भएको थियो जसपश्चात असमभरि नै शोक व्याप्त भएको छ। राज्य सरकारद्वारा तीन दिवसीय राजकीय शोक राज्यमा घोषणा गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande