पुलिसले 86 वटा मोबाइल फोन जफत गरी असली मालिकहरूलाई फर्काइदियो
पुलिसले 86 वटा मोबाइल फोन जफत गरी असली मालिकहरूलाई फर्काइदियो


सिलगढ़ी, 21 सेप्टेम्बर (हि.स)। प्रधान नगर थानाको पुलिसले चोरेको, थुतेको 86 वटा मोबाइलहरूलाई जफत गरी ती मोबाइलहरूका असली मालिकहरूलाई फर्काइदिएको छ। प्रधान नगर थानामा आइतवार आयोजित कार्यक्रमको माध्यमबाट थाना प्रभारी बीडी सरकारले मालिकहरूलाई आ-आफ्नो मोबाइलहरू फर्काइदिए। यसरी महालयाको दिनमा हराएको मोबाइल पाउँदा सबै मालिकहरूको मुहारमा खुशी फर्किएको थियो।

यस विषयमा प्रधान नगर थानाका प्रभारी बीडी सरकारले बताए, मनिटरिंग सेलले विगत तीन महिनादेखिको गरेको जाँचपछि 86 वटा मोबाइल फोनहरू जफत गर्न सफल भयो। यी मोबाइलहरूको मूल्य लगभग 20 लाख रुपियाँ रहेको छ जसलाई एक कार्यक्रमको माध्यमबाट असली मालिकहरूलाई सुम्पिइयो। आम मानिसहरू यदि सतर्क रहे चोरी र लुटका घटनाहरूमा कमी आउनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande