-उपमुख्यमन्त्री ब्रजेश पाठकले आइतवार नमो युवा रनलाई हरियो झण्डा देखाएर प्रस्थान गराए
बरेली, 21 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठक सेवा पखवाड़ा अन्तर्गत आयाेजित एक कार्यक्रममा सामेल हुनका लागि गए शनिवार राती नै बरेली आइपुगे। उनले यहाँ मीडियासित बातचित गर्दै प्रदेशमा अपराधीहरूविरूद्ध संचालित जीरो टलरेन्स नीतिलाई उत्कृष्ट बताए। उनले कंग्रेस नेता राहुल गान्धी र सपा अध्यक्ष अखिलेश यादवमाथि पनि लक्षित गरे।
उपमुख्यमन्त्री ब्रजेश पाठकले अभिनेत्री दिशा पाटनी फायरिंग केसलाई लिएर भने, यूपी पुलिसले अपराधीहरूलाई उनीहरूको स्तर देखाइदिएको छ। दुईजना उपद्रवी भिड़न्तमा मारिएका छन् भने अन्य जेलमा थुनिएका छन्। योगी सरकारमा अपराध तथा अराजकताको लागि कुनै ठाउँ छैन।
ब्रजेश पाठकले कंग्रेस सांसद राहुल गान्धी र सपा प्रमुख अखिलेश यादवमाथि लक्षित गर्दै भने, राहुल गान्धी कन्फ्यूज्ड नेता हु्न्। उनलाई आफै थाहा छैन कि उनी के गर्न चाहन्छन्। अखिलेश यादवमाथि कटाक्ष गर्द उनले भने, उनको सरकारमा जंगलराज थियो, जबकि भाजपाले कानून व्यवस्थालाई कायम राखेको छ।
रात्रि विश्रामपछि उपमुख्यमन्त्री ब्रजेश पाठक आइतवार बिहान भाजपा युवा मोर्चाद्वारा आयोजित नमो युवा रन कार्यक्रममा सामेल भए। उनले नमो युवा रनलाई हरियो झण्डा देखाएर पाँच किलोमीटरको यस दौड़को शुरूआत गरे। यसमा लगभग दश हजार प्रतिभागीहरूले भाग लिएका छन्। विजयी प्रतिभाीहरूलाई क्रमैले 5100, 3100 औ 2100 रुपियाँ नगद पुरस्कार दिइनेछ भने तीनजना प्रतिभागीहरूलाई 1000 रुपियाँ प्रोत्साहन पुरस्करा प्रदान गरिनेछ। यसरी नै अन्य सबैलाई टी-शर्ट र प्रमाण पत्र प्रदान गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा