बाँकुड़ामा सहकार भारतीको सभाः आत्मनिर्भर भारतको निम्ति सहकारिता एवं किसान उत्पादक संगठनमाथि बल दिइयो
बाँकुड़ामा सहकार भारतीको सभाः आत्मनिर्भर भारतको निम्ति सहकारिता एवं किसान उत्पादक संगठनमाथि बल दिइयो


बाँकुड़ा, 21 सेप्टेम्बर (हि.स.)। बाँकुड़ा जिल्लाको सोनामुखी प्रखण्डमा गए शनिवार सहकार भारती (बाँकुड़ा)- को तत्वावधानमा आत्मनिर्भर भारत निर्माण विषयमा एक विशेष सभा सम्पन्न गरियो। यो कार्यक्रम सोनामुखीको मालंच लजमा सम्पन्न भएको थियो।

सभाको मुख्य उदेश्य प्रधानमन्त्री नरेंद्र मोदीको ‘सहकारबाट समृद्धि’- को परिकल्पनालाई साकार पार्नु थियो। कार्यक्रममा स्थानीय किसान, स-साना व्यापारी तथा प्रान्तको सीमान्त वर्गलाई जोड़्दै सहकारिता (समवाय) तथा किसान उत्पादक संगठन (एफपओ)-को सम्भावनामाथि विस्तार पूर्वक चर्चा गरियो। वक्ताहरूले भने, स्थानीय उत्पादन, बजार, आपूर्ति श्रृङ्खला तथा कार्य दक्षतालाई आधार बनाएर स-सानो पूँजीलाई एकजुट गरी सहकारिता आधारित व्यवस्था तयार गर्नु नै भविष्यको मार्ग हो।

यस अवसरमा राष्ट्रिय सचिव विवेकानन्द पात्रले मार्गदर्शन दिए। साथै प्रदेश सहसंगठन प्रमुख राजा चट्टराज, जिल्ला सामान्य सचिव शंकर घोष, जिल्ला पालक अधिकारी श्यामल घोष, जिल्ला ह संगठन प्रमुख देवदीप सिंह, जिल्ला कार्यकर्ता नीलाम्बर ब्यनर्जी औ जिल्ला कोषाध्यक्ष उज्ज्वल कुण्डु सहित केही प्रमुख पदाधिकारी एवं कार्यकर्ताहरू उपस्थित थिए।

सभामा बताइयो, सहकारिता व्यवस्था आज विश्वमा एक स्वीकृत तेस्रो आर्थिक विकल्प बनिसकेको छ। उल्लेख्य, प्रधानमन्त्रीले गत वर्ष नोभेम्बरमा भारत मण्डपमबाट सय वटा देशहरूका प्रतिनिधिहरूको उपस्थितिमा वर्ष 2025-लाई ‘विश्व सहकार वर्ष’ घोषणा गरेका थिए।

सभाको उपरान्त सोनामुखी सहकार भारतीको एउटा नयाँ प्रखण्ड स्तरीय समिति गठन गरियो, त्यसपछि सहकार भारती बाँकुड़ा जिल्ला बैठक पनि आयोजना गरियो जसमा आगामी कार्यक्रमहरूको रूपरेखामाथि चर्चा गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande