फरिदाबादः शेयर मार्केटमा निवेशको नाममा 24 लाखको ठगी, दुई आरोपी पक्राउ
फरिदाबादः शेयर मार्केटमा निवेशको नाममा 24 लाखको ठगी, दुई आरोपी पक्राउ


फरिदाबाद, 21 सेप्टेम्बर (हि.स.)। शेयर मार्केटमा निवेश गर्ने बहानाम 24 लाख रुपियाँ ठगेको मामिलामा साइबर थाना सेन्ट्रल पुलिसले दुईजना खाता धारकहरूलाई पक्राउ गरेको छ। पुलिस प्रवक्ता अनुसार सेक्टर-37 निवासी एक व्यक्तिले साइबर थाना सेन्ट्रलमा आफ्नो दुईवटा सिकायतमा आरोप लगायो, उसको व्हाट्सएपमा एउटा लिंक आयो जसमा क्लिक गर्नसाथ उ एउटा ग्रुपसित जोड़ियो जहाँ शेयर खरिद सम्बन्धि टिप्स दिइन्थ्यो। त्यसपछि उसले शेयर मार्केटमा विभिन्न ट्रान्जेक्शनको माध्यमबाट 24 लाख रुपियाँ निवेश गऱ्यो। तर पछि उसलाई एक पैसा पनि फर्काइएन। यस सम्बन्धमा साइबर थाना सेन्ट्रलमा ठगीका धाराहरू अन्तर्गत मामिला दर्ता गरियो।

उक्त मामिलामा कारबाही गर्दै साइबर थाना सेन्ट्रलको टीमले देवेन्द्र (36) अनि निखिल लुथरा (26), निवासी नजफगढ़ नयाँ दिल्लीबाट पक्राु गऱ्यो।जाँचबुझमा थाहा लागे अनुसार दुवै आरोपीले टेरा प्लस प्राइभेट लिमिटेड फर्मको करेन्ट खाता खोलाएका थिए जुन खातमा ठगेको 6 लाख 20 हजार रुपियाँ आएको थियो। दशौं कक्षा उतीर्ण दुवै आरोपीले ऱ्यापिडोमा काम गर्छन्। आरोपीहरूलाई अदालतमा पेश गरी दुई दिनको पुलिस रिमाण्डमा लिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande