गुवाहाटी, 21 सेप्टेम्बर (हि.स.)। गुवाहाटीको बाहिरी क्षेत्रमा असमका महान गायक जुबिन गर्गको अन्तिम संस्कार गरिनेछ। यसको लागि कामरूप (मेट्रो) जिल्ला प्रशासनद्वारा तयारी शुरू गरिएको छ।
प्राप्त जानकारी अनुसार गए शनिवार साँझ असमका मुख्यमन्त्रीको क्याबिनेटसित भएको बैठकपछि निर्णय लिइएको छ कि सोनपुर क्षेत्रमा जुबिन गर्गको अन्तिम संस्कार गरिनेछ। यसलाई लिेर आइतवार बिहान लोक निर्माण विभागको एक टीमले घटनास्थलमा पुगेर सोनपुरको कमारकुची क्षेत्रस्थित राष्ट्रिय राजमार्ग किनारमा सर-सफाई गर्न शुरू गरेको छ।
लगभग 30 बिघा जमीनमा फैलिएको क्षेत्रमा जुबिनको अन्तिम संस्कार गरिनेछ। सोनपुरमा जुबिनको अन्तिम संस्कार गरिने जानकारी पाउनसाथ घटनास्थलमा पुगेर मानिसहरूले श्रमदान गरिरहेका छन्। उनीहरूले जंगलहरू सफा गरिरहेका छन्। पुलिस, जिल्ला प्रशासन अनि असम सरकारका मानिसहरू पनि घटनास्थलमा उपस्थित छन्। तर यस सम्बन्धमा सरकारको पक्षबाट अहिलेसम्म कुनै आधिकारिक पुष्टि गरिएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा