भुवनेश्वर, 21 सेप्टेम्बर (हि.स.)। ओडिशा विधानसभामा बीजेडी विधायकहरूको लगातार खैलाबैलाले कारबाही ठप्प भएकोमा प्रतिक्रिया व्यक्त गर्दै भाजपाका वरिषेठ विधायक जय नारायण मिश्राले बीजेडीमाथि गम्भीर आरोप लगाए। उनले भने, बीजेडीका “सुपर लिडर”- स्वयंले सदन संचालन हुन दिरहेको छैन।
जय नारायण मिश्राले भने, विधानसभाको पहिलो दिनदेखि नै बीजेडीको रणनीति सदनको कारबाहीलाई बाधित गर्ने रहेको छ। उनीहरूका कथित सुपर लिडरले स्पष्ट निर्देश दिएका छन् कि विधानसभा संचालन हुनु हुँदैन। उनले यो पनि भने, बीजेडीका नेता सदनमा आउन असमर्थ छन्, त्यसैले यस किसिमको व्यवधान उत्पन्न गरिरहेको छ। यदि उनको वास्तविक इच्छा भएको भए उनले लिखित रूपमा आफ्नो पक्ष राख्ने थिए।
भाजपा विधायकले आरोप लगाए, बीजेडीका अनेकौं वरिष्ठ नेताहरूलाई पनि लबीमा यसो भन्दै गरेको सुनिँदैछ, निर्देश पाएपछि नै उनीहरूले सदनको कारबाहीलाई रोकिरहेका छन्। सदनभित्र उनीहरू मौन बस्छन् र यो पनि स्पष्ट पार्दैनन् कि कुन प्रारूपमा चर्चा गर्नुपर्छ- स्थगन प्रस्ताव वा शून्यकालमा।
जय नारायण मिश्रले भने, बीजेडीले सुनियोजित ढंगमा विधानसभालाई ठप्प बनाइरहेको छ। उनले अझ थपे, “दोस्रो स्थान”- को लागि बीजेडी र कंग्रेसबीच प्रतिस्पर्धा जारी छ र यसैले गर्दा विधानसभाको कारबाहीलाई प्रभावित पारिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा