नयॉं दिल्ली, 21 सेप्टेम्बर (हि.स.)। दक्षिण पश्चिम जिल्ला पुलिसको स्पेशल स्टाफ टीमले भारतमा अवैध रूपमा बसिरहेका दुई बांग्लादेशी नागरिकलाई पक्राउ गरेको छ। आरोपी शिशिर ह्यूबर्ट रोजारियो र मोहम्मद तौहीदुर रहमान 2014 मा वीजा लिएर भारत आएका थिए।, तर वीजा समाप्त भए तापनि उनीहरू फर्किएनन् र दिल्लीका विभिन्न ठाउॅंहरूमा बसेर नोकरी गरिरहे।
हाल पुलिसले सबै औपचारिकताहरू पूरा गरेपछि एफआरआरओको मद्दतद्वारा आरोपीहरूलाई बांग्लादेश फर्काउने तयारी शुरू गरिएको छ। पुलिस आयुक्त अमित गोयलले भने, स्पेशल स्टाफका इन्स्पेक्टर विजय बालियान, एसआई विक्रमको टीमलाई महिपालपुर क्षेत्रमा किरायको घर खोजिरहेका केही संदिग्धहरूको सूचना प्राप्त भयो। जॉंचको क्रममा उनीहरू संदिग्ध बांग्लादेशी नागरिक रहेको थाहा लाग्यो। यसपछि, पुलिस टीमले आरोपीहरूलाई तत्काल पक्राउ गऱ्यो।
हिन्दुस्थान समाचार / बिशाल