रक्सी खानदेखि रोक्दा पतिले गऱ्यो पत्नीको हत्या
रक्सी खानदेखि रोक्दा पतिले गऱ्यो पत्नीको हत्या


शाहजहांपुर, 21 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशमा शाहजहांपुर जिल्लाको तिलहर थाना क्षेत्रमा आइतवार जड़िया पतिले बुजुर्ग पत्नीको कुटेरै हत्या गऱ्यो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले आरोपीलाई हिरासतमा लिएर शवलाई पोस्टमार्टमको निम्ति पठायो।

अपर पुलिस अधीक्षक (देहात) भांवरे दीक्षा अरुणले बताए, तिलहर थाना क्षेत्रको गांवधनकपुर निवासी कल्याण सिंह रक्सीको आदी छ। प्रायः जसो रक्सी खाएर उसको पत्नी शान्ति देवी (65) सित झगड़ा हुनेगर्थ्यो। आइतवार पनि रक्सीलाई लिएर दुवैमा विवाद शुरू भयो। यसबाट कल्याण यति रिसायो कि उसले डन्डाले पत्नीलाई निर्ममतापूर्वक कुट्यो, जसमा उसको मृत्यु भयो। पुलिसले आरोपीलाई हिरासतमा लियो। पुलिसले फोरेन्सिक टीमको साथ घटनास्थलको जाँच गरी शवलाई पोस्टमार्टमको निम्ति पठाएऱ मामिलाको छानबीन शुरू गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande