गौतमबुद्ध नगर, 21 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको गौतमबुद्ध नगरको दादरी थाना क्षेत्रमा आइतवार बिहान पतिले आफ्नी पत्नीको चक्कूले गला रेतेर हत्या गऱ्यो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले आरोपी पतिलाई हिरासतमा लियो। आरोपीलाई पत्नीको चरित्रमाथि शंका थियो, यसैले गर्दा उसले पत्नीको हत्या गऱ्यो।
पुलिस आयुक्त लक्ष्मी सिंहका मीडिया प्रभारी सुबोध कुमारले बताए, दादरी थाना क्षेत्रको रामपुर फतेहपुर गाउँमा भाड़ाको घरमा बस्ने सोनू शर्माले पत्नी चंचल (28) को चक्कुले गला रेतेर हत्या गऱ्यो। बिहान घटनाको सूचना पाएपछि घटनास्थलमा पुगेको पुलिसले आरोपी पति सोनूलाई हिरासतमा लियो।
सोधपुछमा आरोपीले बतायो, उसको बिहे भएको आठ वर्ष भएको थियो। उसकी पत्नीको अन्य कुनै परपुरूषसित अवैध सम्बन्ध रहेको उसलाई शंका थियो। यसैलाई लिएर धेरै पल्ट उसको पत्नीसित झगड़ा पनि भयो। आइतवार पनि यही कुरालाई लिएर विवाद भयो र रीसमा आएर उसले पत्नीको चक्कीले गला रेतेर हत्या गऱ्यो। पुलिसले फोरेन्सिक टीमको साथ घटनास्थलबाट साक्ष्य जुटाएर शवलाई पोस्टमार्टमको निम्ति पठाएर मामिलाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी