चार हजार सचेत युवाहरूले उत्तन समुद्र तटबाट 7 टन फोहोर निकाले
चार हजार सचेत युवाहरूले उत्तन समुद्र तटबाट 7 टन फोहोर निकाले


मुम्बई, 21 सेप्टेम्बर (हि.स.)। भनिन्छ, मानिसले ठाने पहाड़मा पनि बाटो बनाउन सक्छ। उत्तन समुद्र तटमा फैलिएको हजारौं किलोग्राम फोहोरको पर्वत कुनै चुनौतीभन्दा कम थिएन। तर अन्तर्राष्ट्रिय तटीय सफाई दिवस (आईसीसीडी)-को अवसरमा म्यानग्रोव फाउण्डेशन, फर फ़्यूचर इण्डिया तथा मीरा भाईंदर नगरनिगमद्वारा संयुक्त रूपमा आयोजित एक विशाल समुद्र तट सफ़ाई अभियान अन्तर्गत उत्तन समुद्र तटलाई स्वच्छ र सुन्दर बनाइयो। गए शनिवार बिहान संस्थाका छात्र, स्वयंसेवक युवाहरू तथा पर्यावरणविदहरूले मिलेर लगभग सात टन मैला-कुचैलालाई सफा गरेर एउटा उदाहरण पेश गरेका छन्।

यस अभियानमा चार हजारभन्दा अधिक स्वयंसेवकहरूले समुद्र तटमा थुप्रिएका प्लास्टिक, बोतल, डब्बा, पुरानो कपड़ा, खानाको प्याकेजिंग तथा अन्य घरेलु हावामा उड़्ने मैलालाई भेला गरेर तह लगाइयो। यस पहलबाट समुद्र तटबाट सात टनभन्दा अधिक फोहोर हट्यो जसबाट पर्यावरण र समुदरी जीवनलाई ठूलो राहत मिलेको छ। स्थानीय मानिसहरूले यस पहललाई ठूलो उपहार बताउँदै भने, युवाहरूको यो सकारात्मक सोंच हो। उनीहरूले आफ्नो ूर्जालाई सराहनीय कार्यमा प्रयोग गरे, यो वास्तवमै प्रसंशनीय छ।

म्यान्ग्रोव फाउण्डेशनका अधिकारीहरूले भने, समुद्र तटलाई सफा राख्नु हाम्रो जिम्मेवारी हो। यदि हामीले नियमित रूपमा यस्तो अभियानमा भाग लियौं भने हामीले आफ्नो भावी पिँढ़ीको लागि सुरक्षित तथा प्रकृति अनुकूल वातावरणलाई कायम राख्न सक्छौंँ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande