योक्सम-दुब्दी जीपीयूलाई राज्यकै उत्कृष्ट प्रदर्शन गर्ने जीपीयू पुरस्कार
योक्सम-दुब्दी जीपीयूलाई राज्यकै उत्कृष्ट प्रदर्शन गर्ने जीपीयू पुरस्कार


गान्तोक, 21 सेप्टेम्बर (हि.स.)। सिक्किम सरकारले पश्चिम सिक्किमको गेजिङ जिल्ला अन्तर्गत योक्सम-दुब्दी जीपीयूलाई वर्ष 2023–24 को लागि उत्कृष्ट प्रदर्शन गर्ने जीपीयू पुरस्कारले सम्मानित गरेको छ। महिला मैत्री गाउॅंमाथि अनुकरणीय प्रयासहरू र योगदानहरूको मान्यता स्वरूप उक्त पुरस्कार प्रदान गरिएको बताइएको छ।

गत 17 सेप्टेम्बरका दिन राजधानीमा आयोजित सेवा पखवाडा 2025 कार्यक्रममा राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीद्वारा उक्त पुरस्कार प्रदान गरिएको थियो। मुख्यमन्त्रीले योक्सम दुब्दी जीपीयूलाई उत्कृष्ट प्रदर्शन र समर्पित सेवाको लागि बधाई दिएका थिए।

योक्सम दुब्दी जीपीयूले केन्द्रिय र राज्य कल्याण योजनाहरू कार्यान्वयन गरेर लैंगिक समानता र महिला सशक्तिकरणको लागि सक्रिय रूपमा काम गरिरहेको योक्सम दुब्दी जीपीयूले आज प्रेस विज्ञप्तिमा बताएको छ। स्कूलमा शत प्रतिशत केही बच्चाहरूको नामांकन, एमजीनरेगा र अन्य योजनाहरू अन्तर्गत महिलाहरूलाई रोजगारको अवसर र स्थानीय शासनमा समावेशी सहभागिता जीपीयूका केही उल्लेखनीय पहलहरू रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande