सर्वश्रेष्ठ वैज्ञानिकहरूको सूचीमा अलिपुरद्वारका डा. स्वल्पा कुमार राय
सर्वश्रेष्ठ वैज्ञानिकहरूको सूचीमा अलिपुरद्वारका डा. स्वल्पा कुमार राय


अलिपुरद्वार, 22 सेप्टेम्बर (हि.स)। अलिपुरद्वारको कलेज अफ इञ्जीनियरिंग एण्ड म्यानेजमेन्टका प्रोफेसर डा. स्वल्पाकुमार रायले स्ट्यानफोर्ड यूनिभर्सिटी साइन्टिस्ट अफ द वर्ल्डको शीर्ष सूचीमा स्थान बनाएका छन्।

अलिपुरद्वार निवासी प्रोफेसरको यस्ता सफलतालाई शिक्षा जगतमा अकल्पनीय मानिँदैछ। स्ट्यानफोर्ड यूनिभर्सिटीले प्रत्येक वर्ष शोधकर्ताहरूको कामको आधारमा विश्वका सर्वश्रेष्ठ वैज्ञानिकहरूको सूची प्रकाशित गर्दछ। यस वर्ष गत 19 सेप्टेम्बरमा प्रकाशित सूचीमा अलिपुरद्वार जिल्लाको घाघरा गाउँ निवासी तथा कलकत्ता विश्वविद्यालय औ भारतीय इञ्जीनियरिंग विज्ञान एवं प्रौद्योगिकी संस्थान शिवपुरका पूर्व छात्र डा. स्वल्पा कुमार रायको नाम सामेल रहेको छ। 'साइन्टिस्ट अफ द वर्ल्ड' -मा यस वर्षको सूचीमा शीर्ष दुई प्रतिशत शोधकर्ताहरूमा उनको नामलाई दोस्रो पटक सामेल गरिएको छ। उनले 'इमेज प्रोसेसिंग औ आर्टिफिशियल इन्टेलिजेन्स' श्रेणीमा यो स्थान हासिल गरेका हुन्।

शोधकर्ताले वर्तमानमा पश्चिम बंगालको अलिपुरद्वारस्थित सरकारी इञ्जीनियरिंग एवं प्रबन्धन महाविद्यालय (एजीईएमसी)- को कम्प्यूटर विज्ञान एवं इञ्जीनियरिंग विभागमा अध्यापन गरिरहेका छन्।

डा. स्वल्पा कुमार रायले भने, यस सफलताको पछाड़ि मेरी आमाको योगदान छ। म यसरी नै आफ्नो काम गरिरहनेछु। मैले विगत लामो समयदेखिकै 'पृथ्वी अवलोकन एवं सुदूर सम्वेदन'- को उन्नत तकनिकहरूमाथि शोध

गरिरहेको छु। अहिलेसम्ममा उनको 63 वटा लेख प्रकाशित भइसकेका छन्। उनलाई भारतीय राष्ट्रिय इञ्जीनियरिंग अकादमीका इञ्जीनियरिंग शिक्षक मेन्टरिंगं फेलोशिप कार्यक्रमको लागि लगातार दुई पटक नामांकित गरिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande