तीनधारेमा साहित्यकार इन्द्र सुन्दासको 107औं जन्म जयन्ती पालन
तीनधारेमा साहित्यकार इन्द्र सुन्दासको 107औं जन्म जयन्ती पालन


खरसाङ, 22 सेप्टेम्बर (हि.स.)। तीनधारेमा साहित्यकार इन्द्र सुन्दासको 107औं जन्म जयन्ती पालन गरिएको छ। साहित्य कला संस्थान तीनधारेका सदस्यहरू लगायत अन्य गण्यमान्यजन एवम् पाठशालाका शिक्षक, शिक्षिका एवम् विद्यार्थी नानीहरूका उपस्थितिमा आज स्थानीय आरसी प्राथमिक पाठशाला तीनधारेमा नेपाली साहित्य जगतका वरिष्ठ साहित्यकार स्व इन्द्र सुन्दासको 107औं जन्म जयन्ती पालन गरियो।

शिक्षक बिमल दर्जीले सञ्चालन गरेको कार्यक्रममा उत्तम ब्राह्मणले साहित्यकार स्व इन्द्र सुन्दासको जीवनी र नेपाली साहित्यको उत्थानमा उनले पुर्याएको योगदानमाथि वार्ता राखेको जानकारी डा अमीर दर्जीले एक विज्ञप्तिमार्फत् गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande