श्रीनगर, 22 सेप्टेम्बर (हि.स.)। नेशनल कन्फ्रेन्सका अध्यक्ष औ पूर्व मुख्यमन्त्री डा. फारूक अब्दुल्लाले सोमवार वर्तमान परिस्थितिमा जम्मू-कश्मीरमा सरकार चलाउनुको तुलना तरवारको धारमा हिँड़्नुसित गरे।
पत्रकारहरूसित बातचित गर्दै फारूक अब्दुल्लाले भने, चुनौतीहरू भए पनि शासन जारी रहनुपर्छ। वर्तमान अवस्थामा सरकार चलाउनु तरवारको धारमा हिँड़्नु जस्तै हो, तर हामीले सरकार चलाउनै पर्छ।
एनसी प्रमुखले दोहोऱ्याए, राज्यको दर्जा बहाल गर्ने माग जम्मू-क्शमीरका मानिसहरूको एक महत्वपूर्ण माग हो। राज्यको दर्जा एक महत्वपूर्ण मुद्दा हो। जम्मू-कश्मीरका मानिसहरूले आशा गरेका छन् कि यसलाई बहाल गर्नेछ। यस मागको लागि दिल्लीमाथि चाप दिनेमा ध्यान केन्द्रित गर्नुपर्छ।
डोडा विधायक मेहराज मलिकमाथि लगाइएको जन सुरक्षा अधिनियम (पीएसए)-लाई लिएर अब्दुल्लाले आफ्नो सहमति व्यक्त गरे। यद्यपि उनले विधायकको शब्दको चयनको आलोचना गरे। उनले भने, मेहराज मलिकमाथि पीएसए उचित होइन, तर उनले जुन असंंसदीय भाषा प्रयोग गरे त्यो गलत थियो। यस विषयमा हामीलाई कुनै अधिकार छैन। यो अधिकार राज्यपाल मनोज सिन्हासित छ।
वस्तु एवं सेवा कर (जीएसटी)- मा गरिएको कटौतीमाथि बोल्दै उनले भने, राज्यको दर्जालाई प्राथमिकता दिइनुपर्छ। उनले भने, जीएसटीको सट्टा राज्यको दर्जाको बारेमा कुरा गरे उचित हुनेछ। उनले संकेत दिए, उनको पार्टीको एजेण्डामा राजनीतिक दर्दा र संवैधानिक ग्यारण्टी अहिले पनि अधिक महत्वपूर्ण छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा