श्रीभूमि, 22 सेप्टेम्बर (हि.स.)। असम-त्रिपुरा सीमा चुराईबाड़ी क्षेत्रमा पुलिसले याबा ट्याबलेट तस्करी गरेको आरोपमा दुईजना तस्करहरूलाई पक्राउ गरेको छ। तस्करहरूबाट प्रचुर मात्रामा याबा ट्याबलेट पनि जफत गरिएको छ जसको बजार मूल्य अनुमानित 4.5 करोड़ रुपियाँ रहेको छ।
श्रीभूमि पुलिसले सोमवार बतायो, गुप्त सूचनाको आधारमा कानून प्रवर्तन अधिकारीहरूले राष्ट्रिय राजमार्ग-8 मा त्रिपुरा तर्फ गइरहेको एउटा वाहन (एमजेड-01एई-4524) को जाँच गऱ्यो जसमा 50 हजार याबा ट्याबलेट जफत गरियो। यी नशालु ट्याबलेटहरूलाई वाहननको एक गोप्य च्याम्बरमा लुकाएर राखिएको थियो। पक्रा पर्ने तस्करहरूको पहिचान श्रीभूमि निवासी राजीव उद्दीन र पथारकांदी निवासी दिलवर हुसैनको रूपमा भएको छ। हाल पुलिसले आरोपीहरूसित जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा