पश्चिम मिदनापुर/पाँशकुरा, 22 सेप्टेम्बर (हि.स.)। हावड़ा–खड़गपुर राष्ट्रिय राजमार्गको किनारमा गए आइतवार अबेर राती एक भयानक सड़क दुर्घटना भयो। विश्वकर्मा पूजाको अवसरमा मेछोग्राममा आयोजित मेलामा अचानक एउटा लरी भित्र पस्यो अनि पसलहरूलाई कुल्चियो। यस भयानक दुर्घटनामा दुईजना मानिहरूको मृत्यु भयो भने लगभग आठ जना मानिसहरू गम्भीर रूपमा घाइते भए।
प्रत्यक्षदर्शीहरू अनुसार मेलामा अबेर राती रमाइलो भइरहेको थियो। व्यापारीहरूले आ-आफ्ना सामानहरू समेटिरहेका थिए, अचानक राष्ट्रिय राजमार्ग तिरबाट आइरहेको द्रूत गतिको लरी नियन्त्रण गुमाएर मेलाभित्र पस्यो। धेरै वटा पसलहरूलाई कुल्चिँंदै अगाड़ि बढ़ेको लरीले मानिसहरूलाई पनि आफ्नो चपेटमा लियो।
घटनापछि भाग-दौड़ मचियो। घाइते दशजना मानिसहरूलाई तुरून्तै पाँशकुरा सुपर स्पेशलिटी अस्पतालमा लगियो जहाँ दुईजनालाई मृत घोषित गरियो भने अन्यको स्थिति गम्भीर रहेको बताइँदैछ। दुर्घटनापछि चालक भाग्यो। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ। वरिपरीको सीसीटीभी फुटेजको जाँच गरिरहेको छ। प्रारम्भिक जाँचमा आशंका व्यक्त गरिँदैैछ, चालक सम्भवतः मातेको थियो जसले गर्दा वाहनलाई नियन्त्रण गर्न सकेन।
स्थानीय मानिसहरूको भनाइ छ, राजमार्गमा पर्याप्त यातायात नियन्त्रण तथा सुरक्षा व्यवस्था बिनै यसरी मेला आयोजना गर्नु जोखिमपूर्ण छ। दुर्घटनापछि क्षेत्रमा शोक र आक्रोश व्याप्त भएको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा