जामिया नगर अपार्टमेन्टमा महिलाको सड़िसकेको शव भेटियो
जामिया नगर अपार्टमेन्टमा महिलाको सड़िसकेको शव भेटियो


नयाँ दिल्ली, 22 सेप्टेम्बर (हि.स.)। दक्षिण-पूर्वी जिल्लाको जामिया नगर थाना अन्तर्गत क्वीन अपार्टमेन्टमा गए आइतवार अबेर राती एकजना महिलाको शव भेटियो। पुलिस अनुसार मृतकाको पहिचान 65 वर्षीय अफताब जहाँको रूपमा भएको छ। घटनास्थलमा मृतकाका पति 70 वर्षीय सिराज खान जो जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयमा संगीत शिक्षक रहिसकेका छन्, लाई गम्भीर अवस्थामा भेटियो जसलाई एम्स ट्रमा सेन्टर अस्पतालमा भर्ती गराइएको छ।

दक्षिण-पूर्वी जिल्लाका पुलिस उपायुक्त डा. हेमन्त तिवारी अनुसार बितेको आइतवार राती लगभग 11:10 बजे पुलिसलाई पीसीआर कल प्राप्त भयो।कल मृतकाको भाइले गरेका थिए। उनले बताए, घरको ढोका बाहिरबाट बन्द छ, छोरा इमरान भित्रबाट कराइरहेको छ, तर गेट खोलिएको छैन। भेनाको आवाज पनि आइरहेको छैन। पुलिस टीम घटनास्थलमा पुग्यो अनि छिमेकीहरूको सहयोगले ढोका भत्कायो। भित्र अफताब जहाँको शव भेटियो जुन पूर्ण रूपले सड़िसकेको थियो। नजिकै सिराज खान अचेत अवस्थामा लड़िरहेका थिए। बाहिर उनका छोरा इमरान उपनाम शैली (48) बसिरहेको देखियो जो मानसिक रूपमा अस्वस्थ छन्। जाँचबुझमा तिनले स्पष्ट रूपमा केही भन्न सकेनन्। यति मात्र भनिरहेका थिए- “आमा, बुवा सुतिरहेकी छन्”।

पुलिस उपायुक्त अनुसार जाँचमा थाहा लागे अनुसार पति-पत्नी दुवै बिमार थिए। इमरान पछिल्लो 3-4दिनदेखिको घरभित्रै बन्द थियो। उसले न त कुनै छिमेकीको सहयोग लियो न खाना खायो। शवको अवस्था हेर्दा अनुमान लगाइँदैछ कि मृत्यु बिमारीको कारणले भएको हो तथापि पोस्टमर्टमबाटै असली कारण पत्तो लाग्नेछ। मृतकाकी छोरी हंगकंगमा बस्छन्। उसले धेरै दिनदेखिको सम्पर्क गर्ने चेष्टा गरेकी थिइन्, तर फोन नलागेको कारणले मामा अहमद खानलाई घरमा पठाएकी थिइन्। त्यसपछि मामिलाको खुलासा भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande