गान्तोक, 22 सेप्टेम्बर (हि.स.)। सिक्किम अल्पाइन विश्वविद्यालयले आज आफ्नो प्रथम दीक्षान्त समारोहको आयोजन नाम्चीस्थित टाउन हलमा गऱ्यो। कार्यक्रममा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथि र शिक्षा मन्त्री राजु बस्नेत विशिष्ट अतिथि थिए।
राज्यपालले आफ्नो सम्बोधनमा आजदेखि विद्यार्थीहरू एक विस्तृत कार्यक्षेत्रमा प्रवेश गरिरहेको बताउॅंदै उनीहरूलाई केवल आजीविकाको लागि मात्र नभई समाजको हितमा शिक्षा आर्जन गर्न आग्रह गरे। उनले वर्तमान वैश्विक परिस्थितिहरूले आफ्नो विषयमा दक्ष साथै नैतिक रूपमा सजग व्यक्तिहरूको अपेक्षा गर्दछ भनी बताए।
राज्यपालले शिक्षा नीति 2020 को उल्लेख गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शिताको सराहना गरे। उनले भने, यो नीतिले युवाहरूलाई ज्ञान प्रदान गर्नुका साथै नैतिक र व्यावसायिक रूपमा पनि सक्षम बनाउने छ। उनले स्टार्टअप इण्डिया, स्ट्याण्ड अप इण्डिया, मेक इन इण्डिया, डिजिटल इण्डिया र कौशल विकास मिशन जस्ता योजनाहरूलाई आत्मनिर्भर भारतको दिशामा युवाहरूका लागि अवसरहरूको द्वार बताए।
राज्यपालले भने, आज हरेक युवाको हातमा प्रविधि छ। युवा शक्ति नै विकसित भारत @2047 को मशालवाहक हुन्। उनले प्रधानमन्त्री मोदीको नेतृत्वमा भारत पुन: विश्वगुरु बन्न अग्रसर रहेको बताए। उनले विद्यार्थीहरूलाई यी योजनाहरूको लाभ उठाउन र आत्मनिर्भर भारतको निर्माणमा आफ्नो योगदान दिन आग्रह गरे।
राज्यपालले कुलपति, शिक्षकगण, संकाय सदस्यहरू र अभिभावकहरूलाई उनीहरूको मार्गदर्शन, सहयोग, धैर्य र परिश्रमको लागि बधाई दिए। उनले भने, संस्थान केवल उपाधि प्रदान गर्ने केन्द्र नबनोस्, यो समाजको लागि एक विचारशील नेतृत्व तैयार गर्ने मञ्च बनोस्। उनले भोकल फर लोकलको महत्वमाथि प्रकाश पार्दै स्थानीय उत्पादहरूलाई बढावा दिन अपील गरे।
कार्यक्रममा 2023–24 ब्याचका कुल 44 विद्यार्थीहरूलाई स्वर्ण र रजत पदक तथा उपाधिहरू प्रदान गरियो। राज्यपालले विद्यार्थीहरूलाई सम्मानित गर्दै उनीहरूको उज्जवल भविष्यको कामना गरे। उनले भने, आजको पदक तक मात्र सार्थक बन्नेछ जब यहॉंका विद्यार्थीहरूले वैश्विक स्तरमा आफ्नो झण्डा फहराउने छन्।
राजभवन अनुसार, समारोहमा कुलपति प्रो. आशीष चतुर्वेदी, कुलाधिपति अर्जिन्दर कुमार जिन्दल, स्कूल शिक्षा सचिव टाशी छोपेल, जिल्लापाल अनुपा तामलिङ, अभिभावकगण एवं छात्र-छात्राहरू पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल