गान्तोक, 22 सेप्टेम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुर आज नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रका विधायक सतीशचन्द्र राईको आवासमा पुगेर उनकी धर्मपत्नी बिनुमाया शर्माको निधनमा गहिरो शोक व्यक्त गरे।
राजभवन अनुसार, विधायक राईसॅंग भेट गरेर राज्यपालले सन्तवना दिए र यस अपूरणीय क्षतिप्रति समवेदना प्रकट गरे। उनले दिवंगत आत्माको शान्तिको लागि प्रार्थना गर्दै भने, ईश्वरले उहॉंलाई आफ्ना श्रीचरणमा स्थान प्रदान गरुन्। शोकाकुल परिवारलाई यस कठिन समयमा धैर्य एवं सम्बल प्रदान गरुन्।
हिन्दुस्थान समाचार / बिशाल