तमलुकको मिलन नगर बजारमा दिउँसै डकेटी, पचास लाखको आभूषण र नगद लुटियो
तमलुकको मिलन नगर बजारमा दिउँसै डकेटी, पचास लाखको आभूषण र नगद लुटियो


पूर्व मेदिनीपुर, 22 सेप्टेम्बर (हि.स.)। पूर्व मेदिनीपुर जिल्लाको तमलुकस्थित मिलन नगर बजारमा सोमवार बिहान एउटा सुन पसलमा लुटपाट भएको प्रकाशमा आएको छ।

स्थानीय सूत्र अनुसार मिलन नगर बजारमा लगभग बिहान 10 बजे तीनजना सशस्त्र अपराधीहरू एउटा सुन पसलमा पसे। एकजना अपराधीले पेस्तोल देखाएर पसलका कर्मचारीहरूलाई डर देखायो भने अन्य दुईजनाले सुनका गहना र नगद पैसा लुटे।

त्यसपछि अपराधीहरूले कर्मचारीहरूलाई बन्धक बनाएर त्यहाँबाट सुइँकुच्चा ठोके। उनीहरूले कुनै वाहनको प्रयोग गरेनन्, पैदलै भागे जसले पुलिसको जाँचलाई अझ चुनौतीपूर्ण बनाएको छ।

खबर पाउनसाथ तमलुक थानाको पुलिस घटनास्थलमा पुग्यो। पुलिसले वरपरका पसले अनि स्थानीय मानिसहरूसित जाँचबुझ गऱ्यो। क्षेत्रलाई घेरेर संदिग्धहरूको खोजी शुरू गरिएको छ। पुलिसले बतायो, क्षेत्रको सीसीटीभी क्यामराको फुटेजको पनि जाँच भइरहेको छ।

यस घटनापछि बजारमा व्यापक सन्त्राष फैलिएको छ। केही व्यापारीहरू आफ्नो पसललाई तत्कालै बन्द गरेर घरमा गए। एकजना व्यापारीले भने, “यदि दिउँसै यस्तो ठूलो लुट हुनसक्छ भने हामी कसरी आफ्नो व्यापारमा सुरक्षित महसूस गर्नसक्छौं?”

पुलिसले भन्यो, जाँच द्रूत गतिमा भइरहेको छ। यस दुस्साहसिक लुटको घटनाले स्थानीय सुरक्षामाथि प्रश्न उठाएको छ र मानिसहरूको चिन्तालाई पनि बढ़ाइदिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande