एसकेएम सामाजिक सञ्जाल प्रकोष्ठ अध्यक्ष रञ्जना प्रधानद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शन र सहयोग तथा क्षेत्र विधायक राजकुमारी थापाको विशेष समन्वयमा एवं पार्टी कार्यकर्ताहरूको श्रमदानमा लाभार्थीको घर निर्माण गरिएको हो। गरीब जनताको घर निर्माण गर्न योगदान पुऱ्याउने क्षेत्र विधायक राजकुमारी थापा, मुख्यमन्त्रीका राजनीतिक सचिव बिकास बस्नेत, अध्यक्ष आरके बस्नेत, सल्लाहकार सीएल गुरुङ लगायत अन्यहरूलाई एसकेएम पार्टीले कृतज्ञता व्यक्त गरेको छ।
एसकेएम पार्टीका कार्यकर्ताहरू केवल सरकारमाथि मात्र भर नपरेर श्रमदानमार्फत गाउँ समाजका समस्याहरूलाई सम्बोधन गर्ने कार्य गरिरहेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल