जुबिन गर्गको अचानक मृत्युको जाँचमा जुट्यो सीआईडी
जुबिन गर्गको अचानक मृत्युको जाँचमा जुट्यो सीआईडी


जोरहाट (असम), 24 सेप्टेम्बर (हि.स.)। असमका लोकप्रिय गायक औ सांस्कृतिक आइकन जुबिन गर्गको अचानक भएको मृत्युलाई लिएर अपराध अन्वेषण विभाग (सीआईडी)-ले जाँच शुरू गरेको छ।

जानकारी अनुसार गए मंगलवार अबेर राती जोरहाट पुगेको सीआईडीको टीमले ती सिकायतकर्ताहरूसित जाँचबुच शुरू गऱ्यो जसले गायकको मृत्यु संदिग्ध परिस्थितिमा भएको आधारमा प्राथमिकी दर्ता गराएका थिए।

अहिलेसम्ममा जोरहाटका विभिन्न थानाहरूमा न्यूनतम पाँच वटा प्राथमिकी दर्ता गरिसकिएको छ। सिकायतकर्ताहरूमा श्यामकानु महन्त, सिद्धार्थ शर्मा औ शेखर गोस्वामी सामेल छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande