झाड़ग्रामको बालीपालमा पाँच सय वर्ष पुरानो “केंदुआबुड़ी पूजा”-बाट हुन्छ दुर्गोत्सवको शुरूआत
झाड़ग्रामको बालीपालमा पाँच सय वर्ष पुरानो “केंदुआबुड़ी पूजा”-बाट हुन्छ दुर्गोत्सवको शुरूआत


झाड़ग्राम (हि.स.)। झाड़ग्राम जिल्लाको गोपिबल्लभपुर-2 ब्लक अधिनस्थ बालीपाल ग्रामस्थित केंदुआबुड़ी थान एउटा पूजा स्थल मात्र नभएर आस्था, इतिहास र संस्कृतिको दिव्य संगम हो। मान्यता छ, यहाँको पूजा परम्परा लगभग पाँच वर्ष पुरानो हो र यसै पूजासितै यस क्षेत्रमा दुर्गोत्सव शुभारम्भ हुन्छ।

नी है और इसी पूजा के साथ इस क्षेत्र में दुर्गोत्सव का शुभारंभ होता है।

स्थानीय लोककथा अनुसार प्राचीन कालमा बालीपालका राजा युद्धबाट फर्किरहेको समय एउटा नीमको रूखमुनि विश्राम गरे। अचानक त्यहाँ देवी केंदुआबुड़ी प्रकट भइन् अनि थकित राजालाई ‘केंदु’- को फल खान दिइन्। देवीले राजालाई बताइन्, उनी यसै नीमको रूखमुनि बस्छन्। देवीले उनलाई यस स्थानमा पूजा शुरू गर्ने आज्ञा दिइन्। तबदेखि नै यो स्थान केंदुआबुड़ी थानको नामले प्रसिद्ध भयो अनि हाँ पूजा गर्ने परम्परा शुरू भयो। ग्रामीणहरूलाई विश्वास छ, माता खुल्ला आकाश र प्राकृतिक वातावरणमा विराजमान हुन रूचाउँछन्।

हरेक मंगलवार र शनिवार यहाँ देवीको विशेष पूजा हुन्छ। टाड़ा-टाड़ाबाट मानिसहरू आफ्नो मनोकामना लिएर पूजा गर्न आउने गर्दछन्। दुर्गा पूजाको शुरूआत पनि उनकै पूजाबाट हुन्छ। स्थानीय परम्परा छ, माँको प्रतिमा स्थापना गर्नपूर्व केंदुआबुड़ीको पूजा गर्न अनिवार्य छ। यहाँको अर्को विशेष परम्परा यो पनि छ, पूजाको विधि ब्राह्मणहरूको सट्टा बागदी समुदायका पुरोहित जसलाई स्थानीय भाषामा देहुरी भनिन्छ,- ले सम्पन्न गर्दछन्। प्रसाद अर्पण गर्ने पनि विशेष परम्परा छ। श्रद्धालुहरूले देवीलाई फल अनि काँचो चामल (आतप चावल) अर्पण गर्दछन्। अन्यत्र प्रचलित खिचड़ी वा भोगको प्रथा यहाँ छैन।

जनश्रुति अनुसार प्रारम्भिक कालमा यहाँ बलि प्रथा पनि प्रचलित थियो। किवंदन्ती अनुसार बलिको रगत बगेर नजिकैको दुलुंग नदीसम्म पुग्थ्यो। तर अहिले यो परम्परा लोककथाहरूसम्म मात्र सीमित बन्न पुगेको छ। समयसँगसँगै यहाँ धेरै परिवर्तन आयो। ग्रामीणहरूको भनाइ छ, पूर्वमा यहाँ एक प्राचीन मूर्ति स्थापना गरिएको थियो जुन कालान्तरमा क्षतिग्रस्त भयो। पछि सामूहिक प्रयासबाट पूजालाई नयाँ स्वरूपमा जारी राखियो। आज पनि यहाँ भव्य मन्दिर छैन, खुल्ला आकाशमुनि साधारण रूपमा पूजा हुन्छ जसलाई श्रद्धालुहरूले त्यतिकै पवित्र र प्रभावशाली मान्दछन्।

केंदुआबुड़ी थान केवल धार्मिक स्थल होइन, जबकि यो आदिवासी र गैर-आदिवासी समुदायबीच आस्था एवं एकताको पनि प्रतिक हो। दुर्गोत्सवको शुरुआत यसै पूजाबाट हुने भएकोले यसको आध्यात्मिक महत्व अझ बढ़्छ। श्रद्धालुहरूको विश्वास छ, यहाँ देवी जाग्रत शक्तिको रूपमा विराजमान छन्। यो पनि लोक मान्यता छ, नवमीको राती देवी स्वयंले प्रसाद ग्रहण गर्दछन्। भक्तहरूको भनाइ छ, माताको कृपाले हरेक संकट टाँड़िन्छ र मनोकामना पूरा हुन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande