मुम्बई, 24 सेप्टेम्बर (हि.स.)। महाराष्ट्रका केही जिल्लाहरूमा मुसलधारे पानी अनि जलाशयहरूको पानी नदिमा छोड़िएको कारणले बाढ़को कहर बुधवार पनि जारी रह्यो। सोलापुर जिल्लामा सिना नदीको जलस्तर बढ़ेर दुई वटा हाइवेलाई बन्द गरिएको छ भने रेलवे सेवा तथा एसटी परिवहनको बस सेवा पनि प्रभावित भएको छ।
सोलापुर, बीड़, धाराशिव , सम्भाजीनगर जिल्लामा जिल्ला प्रशासन सहित एनडीआरएफका टीमहरुलं राहत अनि बचाव कार्य गरिरहेका छन्। आपदा प्रबन्धन विभागले प्रभावित जिल्लाहरूा सतर्क रहने अनि नागरिकहरूलाई आवश्यकता परे मात्र घरबाट निक्निले निर्देश जारी गरेको छ।
मुख्यमन्त्री देवेन्द्र फडणवीस बाढ़ प्रभावित जिल्ला सोलापुरको भ्रमण गर्नका लागि माढ़ा खण्डमा आइसकेका छन्। मुख्यमन्त्रीले आज निमगाउँ, दारफल, सुल्तानपुर, कावाअ, केवल आदि गाउँहरूमा पुगेर प्रभावित किसानहरूसित भेट गर्नेछन्। यसरी नै उपमुख्यमन्त्री अजीत पवार, कृषि मन्त्री दत्तात्रेय भरणे, पंकजा मुण्डेले पनि बाढ़ी प्रभावित जिल्लाहरूको दौड़ाह गरिरहेका छन्।
आपदा प्रबन्धन सूत्रले बुधवार बतायो, मराठवाड़ामा बितेको 24 घण्टामा सबै सात वटा जिल्लाहरूका 129 वटा मण्डलहरूमा घना वर्षा दर्ता गरियो। बिड र धाराशिव जिल्लामा बाढ़ीमा फसेका 80 जनाभन्दा अधिक नागरिकहरूलाई बचाइएको छ। अहिलेसम्ममा प्राकृतिक आपदाको कारणलो दशजना मानिसहरूको मृत्यु भइसकेको छ भने 337 जनावहरू मरिसकेका छन्। अनुमान छ, पछिल्लो तीन दिनभित्रमा 2 लाख हेक्टेयरमा फैलिएको फसल प्रवभावित भएको छ।
छत्रपति सम्भाजी नगर जिल्लामा बितेको लगभग आठ दिनदेखिको पानी परिरहेको छ। यस वर्ष वर्षाले पछिल्ला वर्षहरूको रेकर्डलाई पछि पारेको छ। लगातार परिरहेको पानीले कन्नड़, वैजापुर, सिल्लोड, सोयगाउँ, गंगापुर, खुलताबाद तालुकाका केही गाउँहरू पानीमा डुबेका छन् भने वेरुल, कसाबखेड़ा, मम्बापुर, पलासवाड़ी, तलावडी, शादुलवाड़ी, शेखापुरी, तिसगांव, निरगुडी, पिंपरी, पलासगाउँ, अखतवाड़ा र खुल्ताबाद खण्ड छेवछाउका क्षेत्रहरूमा फसल नष्ट भएको छ। घना वर्षाको कारणले सोलापुरमा भयानक स्थिति उत्पन्न भएको छ। खेत नदीमा परिणत भएको छ भने घरभित्र पानी पसेर मानिसहरूको बेहाल भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा