खड़गपुर, 23 सेप्टेम्बर (हि.स.)। “धर्मको रक्षाको निम्ति जसले आफ्नो शिश समर्पित गरे, ती नै हुन् साँचो शहीद।” यस्तै प्रेरक वचनहरूको स्मृतिमा गुरू तेग बहादुरजीको 350औं शहादतलाई समर्पित ‘जागृति यात्रा’ गए मंगलवार साझँ खड़गपुरमा आइपुग्यो।
यो ऐतिहासिक यात्रा गत 17 सेप्टेम्बरको दिन श्री हरमन्दिर साहिब, पटनाबाट आरम्भ भएको थिय भने विभिन्न राज्यहरू भएर अब खड़गपुरमा आइपुगेको छ। बाटैभरि “सतनाम श्री वाहेगुरु”- को गगनभेदी जयकारहरूले गुञ्जियो, यो यात्रा गुरु तेग बहादुर साहिब महाराज सहित शहीद भाइ मती दासजी, भाइ सती दासजी एवं भाइ दयालाजीको अमर बलिदानलाई नमन गर्दै अगाड़ि बढ़िरहेको छ।
स्थानीय श्री गुरु सिंह सभा खड़गपुर तथा नगर संगतको अगुवाईमा यात्रालाई भव्य स्वागत गरियो। खरिदा गुरुद्वाराको तय कार्यक्रम अनुसार यात्रा बुधवार साँझ 6 बजे खरिदा गुरूद्वारादेखि आरम्भ भएर खरिदा मालांचा हुँदै निमपुर गुरूद्वारामा पुग्नेछ। यस उपरान्त यात्रा जमशेदपुर (टाटा) तर्फ प्रस्थान गर्नेछ।
आयोजकहरूले बताए, यस यात्राको उदेश्य गुरू साहिबको सर्वोच्च बलिदान, सत्य, आस्था एवं मानवताको अमर सन्देशलाई समाजको प्रत्येक वर्गसम्म पुऱ्याउनु हो। नगरवासीहरूसित आह्वान गरियो, यस आध्यात्मिक यात्रामा संगतमा सामेल भएर उनीहरूले गुरूजीको वाणी र त्यागबाट प्रेरणा लिउन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा