दाँतन प्रखण्डमा राशन घोटालाको भण्डाफोर, डिलर र छोरामाथि लाग्यो आरोप
दाँतन प्रखण्डमा राशन घोटालाको भण्डाफोर, डिलर र छोरामाथि लाग्यो आरोप


पश्चिम मेदिनीपुर, 23 सेप्टेम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको दाँतन प्रखण्ड अन्तर्गत तररुई ग्राम पञ्चायत क्षेत्रमा सरकारी राशनको सामग्रीमा ठूलो घोटाला भएको खुलासा भएको छ। स्थानीय ग्रामीणहरूको आरोप छ, पात्र लाभार्थीहरूसम्म पुऱ्याउनअघि नै खाद्यान्न र अन्य सामग्रीहरूमा धाँधली गरिँदै आएको थियो। यसबाट गरीब, श्रमिक तथा बुजुर्गवर्ग सबैभन्दा अधिक प्रभावित भइरहेका छन् जुन पूर्ण रूपले यस योजनामाथि निर्भर छन्।

सूत्रानुसार यस मामिलामा लगभग 15 लाख रुपियाँ हिनामिना गरिएको सामु आएको छ। आरोपी राशन डिलरको नाम निमाई बेरा रहेको बताइएको छ। घटना पछिल्लो अप्रेल महिनाको हो जसको जानकारी प्रकाशमा आउनसाथ जुलाई महिनामा खाद्य आपूर्ति विभागको पक्षबाट दाँतन थानामा प्राथमिकी दर्ता गरिएको थियो। आरोप छ, 194 किलोग्राम चामल, 145 किलोग्राम आटा, चीनी तथा अन्य खाद्य सामग्रीहरूमा गड़बड़ी गरिएको छ।

प्रशासनिक सूत्रले बतायो, गत मंगलवार जाँच गर्ने क्रममा जिल्ला खाद्य विभाग तथा पुलिस अधिकारीहरूको टीम गाउँमा आइपुग्यो। टीमले वञ्चित राशन उपभोक्ताहरूसित बातचित गरी उनीहरूको बयान दर्ता गरायो। साथै आरोपी डिलरको घरमा पुगेर जाँचबुझ गरी केही दस्तावेजहरू जफत गऱ्यो। भनिन्छ, डिलर निमाई बेरा विगत लामो समयदेखिकै बिमार छन् जसले गर्दा उनको छोरा लक्ष्मीकान्त बेराले राशन दोकान संचालन गर्दै आइरहेका छन्। आरोप छ, बितेका वर्षहरूमा भएका अनियमितताहरू लक्ष्मीकान्त बेराद्वारा गरिएको हो।

ग्रामीणहरूको भनाइ छ, उनीहरूलाई धेरै पटक खुल्ला प्याकेट, निम्न गुणस्तरको खाद्य वस्तु, कम मात्रामा चामल, दाल र तेल दिइयो। यता खाद्य विभागले स्पष्ट पारेको छ, दोषीहरूविरूद्ध कड़ा कारबाही गरिनेछ अनि लाभार्थीहरूको पूर्ण राशन सुनिश्चित गरिनेछ।

स्थानीय मानिसहरूले माग गरेका छन्, राशन वितरण प्रक्रियाको कड़ा निगरानी गरियोस् तथा दोषीहरूलाई कड़ा सजाय दिइयोस् ताकि भविष्यमा गरीबहरूको हकमाथि कुनै प्रकारको चोट नलागोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande