कोलकाता, 24 सेप्टेम्बर (हि. स.)। पछिल्लो दुई दिनसम्म मुसलधारे पानी र तूफानी मौसम पश्चात बुधवार बिहान कोलकाता र दक्षिण बंगालका केही भागहरूमा घाम लाग्दा मानिसहरूले राहत महसूस गरे। तथापि मौसम विभागले चेताउनी दिएको छ, यो राहत धेर दिनसम्म टिक्नेवाला छैन। बंगालको खाड़ीमा फेरि नयाँ निम्न दबाव निर्माण हुने सम्भावना व्यक्त गरिएको छ जसबाट आगामी दुर्गा पूजा अवधि वर्षा बढ़्नसक्छ।
म्यान्मार संलग्न सागरबाट सृजित पछिल्लो निम्न दबाव अब झारखण्ड हुँदै छत्तीसगढ़ तर्फ बढ़िसकेको छ। यसको प्रभाव घट्दै गएपछि बुधवार बादल हट्यो अनि घाम उदायो। तर मौसम विभागनुसार 24 सेप्टेम्बरदेखिको पूर्व-मध्य बंगालको खाड़ीमा फेरि अर्को निम्न दबाव बनिरहेको छ। यो 26 सेप्टेम्परसम्म गहिरो हुने अनि ओड़िशा-आन्ध्रप्रदेश तट भएर जमीनमा प्रवेश गर्ने आशंका छ।
आज अर्थात बुधवार दक्षिण बंगालमा व्यापक स्तरमा वर्षा हुने सम्भावना छैन। केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ। दिउँसो तापमान अधिक रहनेछ, नमीले गर्दा बाफिनेछ।
मौसम विभागले बतायो, बिहीवारदेखि वर्षाको प्रभाव फेरि बढ़्नेछ। दक्षिण 24 परगना, पूर्व औ पश्चिम मेदिनीपुर तथा झाड़ग्राममा घना वर्शा हुने सम्भावना छ। शुक्रवार कोलकाता सहित दक्षिण बंगालका सबै जिल्लाहरूमा मेघ गर्जनसितै तीव्र वर्षा हुनसक्छ। शनिवारदेखि वर्षा अझ तीव्र हुनेछ विशेष गरी बाँकुड़ा, मेदिनीपुर, हावड़ा र दक्षिण 24 परगनामा। दुर्गा पूजा अवधि पनि वर्षा जारी रहनेछ। सप्तमी र अष्टमीमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने नवमी र दशमी भीषण वर्षा हुने अनुमान छ।
उत्तर बंगालमा हाल घना वर्षाको जोखिम छैन। तथापि अलग-अलग क्षेत्रहरूमा मध्यम वर्षा अनि मेघ गर्जन हुनसक्छ. मौसम विभागको चेताउनी पश्चात प्रशासनले मानिसहरूलाई सतर्क रहने अनि चाड़-पर्वमा सुरक्षित रहने अपील गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा