नयाँ दिल्ली, 25 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्रीको जन्मदिवसको अवसरमा आयोजित सेवा पखवाड़ा अन्दर्कत बिहीवार भारतीय जनता पार्टी (भाजपा)-का दिल्ली प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवा मेयर राजा इकबाल सिंहसित दीनदयाल उपाध्याय मार्गमा आयोजित स्वच्छता अभियानमा सामेल भए। उनले भने, “स्वच्छता केवल कर्तव्य होइन, यो देशभक्तिको ठूलो स्वरूप हो।”
वीरेन्द्र सचदेवाले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आज एक घण्टा, एक दिन, एक साथ मिलेर स्वच्छताको लागि श्रमदान गरौं अनि स्वच्छतालाई एक जन आन्दोलन बनाऔं। उनले भने, यो सफाई मात्र होइन, संकल्प हो- हामी सबै मिलेर स्वच्छ, सशक्त तथा समर्थ भारतको निर्माण गरौं।
उनले भने, दिल्लीलाई सुन्दर बनाउनु हो भने सफाई अभियान एक दिनको लागि मात्र गरेर होइन। यसलाई हामीले जीवनको अभिन्न अंग बनाउनुपर्छ। यो दिल्ली हाम्रो हो र हामी सबैले मिलेर यसलाई सफा गरौं।
यसरी नै दिल्लीका मेयर राजा इकबाल सिंहले भने, यस पहलको उदेश्य दिल्लीवासीहरूमा स्वच्छ एवं हरित दिल्लीको संकल्पलाई सशक्त बनाउनु हो। उनले भने, समाजमा सेवा अनि स्वच्छताप्रति जागरूकताको यो प्रयासले निश्चित रूपमा देशलाई अझ सशक्त बनाउनेछ। यस अभियानले स्वच्छताप्रति जागरूकता मात्र नफैलाएर सामुदायिक सहभागितालाई पनि प्रेरित गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा