केन्द्रिय कृषि राज्यमन्त्री चौधरीले राज्यपालसॅंग शिष्टाचार भेट गरे
Governor-union Minister


गान्तोक, 25 सेप्टेम्बर (हि.स.)। सिक्किम भ्रमणमा रहेका केन्द्रिय कृषि एवं कृषक कल्याण राज्यमन्त्री भगीरथ चौधरीले बिहिवार बिहान सिक्किमका राज्यपाल ओमप्रकाश माथुरलाई राजभवनमा शिष्टाचार भेट गरे।

यस अवसरमा राज्यमा कृषि क्षेत्रको प्रगति, पर्वतीय कृषिका विशिष्ट आवश्यकताहरू र केन्द्र अनि राज्य सरकारबीच सहयोगलाई अझ सुदृढ़ गर्ने विषयहरूमाथि विचार विमर्श गरियो।

यसका साथै, राज्यमा किसानहरूको आयवृद्धि र कृषि नवाचारसॅंग सम्बन्धित पक्षहरूमाथि पनि चर्चा गरिएको राजभवनले जानकारी गराएको छ।

के​न्द्रिय राज्यमन्त्रीले सिक्किमलाई कृषि क्षेत्रमा आवश्यक सहयोग प्रदान गर्न के​न्द्र सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको आश्वस्त गरे। 

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande