पाण्डु रेस्ट क्याम्प कालीबाड़ीको दुर्गा पूजाको थीम मयूर महल
पाण्डु रेस्ट क्याम्प कालीबाड़ीको दुर्गा पूजाको थीम मयूर महल


गुवाहाटी, 26 सेप्टेम्बर (हि.स.)। राजधानीको पाण्डु–मालीगाउँ क्षेत्रको सबैभन्दा विशाल तथा लोकप्रिय दुर्गापूजा, रेस्ट कयाम्प कालीबाड़ीमा पूजा यसपालि आफ्नो 77औं वर्षमा प्रवेश गरिरहेको छ। प्रत्येक वर्ष झैं यसपालि पनि टाड़ा-टाड़ाबाट दर्शकहरू पूजा हेर्ने आउनेछन्। पाण्डु तथा वरपरका निवासीहरूको लागि यो पूजा धार्मिक उत्सव मात्र नभएर सामाजिक बन्धन, संस्कृतिको उत्सव र भक्ति एवं आनन्दको संगम पनि हो।

पूजा समितिका अध्यक्ष अमल चौधरी तथा महासचिव अमित रायले बताए, यसपालि पूजाको बजेट 60 लाख रुपियाँ छ। पूजाको थीम “मयूर महल”-लाई चुनिएको छ। पण्डालभित्र नवदुर्गाको प्रतिमा स्थापना हुनेछ अनि बाहिर मयूरको कलाकृति बनाइनेछ। पण्डाल निर्माणको दायित्व चन्दननगरका प्रसिद्ध कारीगर मृन्मय घोषलाई दिइएको छ। पण्डालको सजावटमाथि लगभग 15 लाख रुपियाँ खर्च हुनेछ। समितिको मान्यता छ, यो भव्य थीमले दर्शकहरूको मनलाई लोभ्याउनेछ।

दुर्गा प्रतिमामा यसपालि पार्परिक शैली झल्किनेछ। पश्चिम बंगाालको हुगली जिल्लाका मूर्तिकार काशीनाथ पालले प्रतिमा निर्माण गरिरहेका छन्। उनले बनाएका प्रतिमामा पुरानो पारम्परिक मूर्तिहरूको सुन्दरता अनि विशेषता देख्न पाइनेछ। प्रतिमा निर्माणमाथि लगभग चार लाख रुपियाँ खर्च हुनेछ।

रेस्ट क्याम्प कालीबाड़ी दुर्गापूजाको अर्को एउटा विशेषता हो विशाल मेला। पूजाको दिनदेखि नै मेला शुरू हुनेछ जसले पाण्डु क्षेत्र मात्र नभएर वरपरबाट आएका मानिसहरूलाई पनि आकर्षित गर्दछ। बाहिरबाट पनि मेलाका पार्टीहरूले यसमा भाग लिनेछन्। स्वादिष्ट व्यञ्जनहरू सहित बाल-बालिका तथा किशोरहरूको लागि झोलुङ्गो एवं खेलहरूको स्टल राखिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande