मेदिनीपुर, 05 सेप्टेम्बर (हि.स.)। पूर्व मेदिनीपुर जिल्लाको एगरास्थित अस्तिचक सुरेन्द्र-योगेन्द्र विद्यापीठमा गए बिहीवार स्कूलका अंग्रेजी शिक्षक बिप्लव पाण्डाले कक्षा संचालन अवधि छात्राहरूमाथि कुटपिट गरे। शिक्षकको कुटाईले केही छात्राहरू गम्भीर रूपमा बिमार भए जसमध्ये 21 जनालाई अस्पतालमा भर्ती गरिएको छ। घटनाको जानकारी पुलिसले शुक्रवार दिएको छ।
प्राप्त जानकारी अनुसार सदा जस्तै बिहीवार पनि छात्र-छात्राहरू कक्षामा उपस्थित थिए। अपरान्ह शिक्षक बिप्लव आठौं कक्षामा पढ़ाउन पुगे र अचानक उनले छात्राहरूलाई कुट्न शुरू गरे। कुटपिटको कारण अहिलेसम्म स्पष्ट भएको छैन।
घटनापछि स्कूल परिसरमा अभिभावकहरूको आक्रोश व्याप्त भयो। उनीहरूले आरोपी शिक्षक सहित अन्य शिक्षकहरूलाई कक्षाभित्र बन्द गरेर विरोध प्रदर्शन गरे। स्थिति बिग्रिएपछि पुलिस घटनास्थलमा पुग्यो अनि अभिभावकहरूलाई शान्त गरायो। पछि पुलिसले आरोपी शिक्षकलाई हिरासतमा लियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा