गान्तोक, 05 सेप्टेम्बर (हि.स.)। भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा आयोजित एक समारोहमा सिक्किमको मङ्गनस्थित पीएम सरकारी वरिष्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापक कर्मा टेम्पो इथेन्पालाई राष्ट्रिय शिक्षक पुरस्कार 2025 प्रदान गरिन्। इथेन्पा देशभरिबाट छनोट भएका 66 शिक्षकहरू (45 विद्यालय शिक्षक र 21 उच्च शिक्षाका) मा सामेल थिए, जसलाई यो प्रतिष्टित सम्मान प्राप्त भयो। उक्त जानकारी आज पीआईबीले दिएको छ।
इथेन्पालाई शिक्षामा उनको अनुकरणीय योगदान, जसमा उनको ऊर्जावान नेतृत्व र विद्यार्थी विकासका लागि अभिनव दृष्टिकोणका लागि सम्मानित गरियो। एक सेवानिवृत्त राज्य फुटबल खेलाडी तथा एथलिट, उनले स्कूल फुटबल र भलिबल टोलीहरूलाई च्याम्पियनशिप उपाधिसम्म दिलाएका छन्। उनको पहलले युवाहरूमाझ सुर्तीजन्य पदार्थ, सिगरेट र प्रविधिको लत विरुद्ध लड्न पनि मद्दत गरेको छ।
एक उत्साही शिक्षकको रूपमा इथेन्पाले विद्यार्थीहरूलाई मोबाइल फोटोग्राफी र दृश्य वर्णनको क्षेत्रमा रुचि जगाउनका लागि प्रोत्साहित गरे, जसद्वारा प्रकृतिप्रति सम्मानलाई बढावा मिलेको छ र प्रदर्शनीहरूको माध्यमद्वारा विद्यालयको लागि राजस्व उत्पन्न गर्यो। उहाँले एससीईआरटी सिक्किमको लागि अङ्ग्रेजी पाठ्यपुस्तकहरू सहित पाठ्यक्रम सामग्रीहरू पनि तयार गरेका छन्।
इथेन्पाको समग्र विद्यार्थी विकासप्रतिको प्रतिबद्धता उनका पहलहरूमा स्पष्ट देखिन्छ, जस्तै पाइपर्स ब्याण्डको शुरुआत गर्नु र वर्षा जल सङ्कलन प्रणाली र एक ऊर्ध्वाधर उद्यान सहित नवीन हरित परियोजनाहरूको नेतृत्व गर्ने जस्ता कुराहरू छन्।
नयाँ दिल्लीमा राष्ट्रिय सम्मान प्राप्त गरेपछि इथेन्पाले आफ्नो हार्दिक कृतज्ञता व्यक्त गरे तथा पुरस्कारलाई सिक्किमका सम्पूर्ण शिक्षक समुदायलाई समर्पित गरे अनि सिक्किमलाई 100% साक्षर राज्य बनाउने लक्ष्य हासिल गर्न सबैलाई हातमा हात मिलाउन आग्रह गरे।
राष्ट्रिय शिक्षक पुरस्कार 2025 इथेन्पाको शिक्षाप्रतिको समर्पण र आफ्ना विद्यार्थीहरूलाई प्रेरित र सशक्त बनाउनको लागि उनको अथक प्रयासको प्रमाण हो।
हिन्दुस्थान समाचार / बिशाल