सिक्किमको राङ्कामा मेगा वित्तीय समावेशीकरण शिविर आयोजित
सिक्किमको राङ्कामा मेगा वित्तीय समावेशीकरण शिविर आयोजित


गान्तोक, 05 सेप्टेम्बर (हि.स.)। भारतीय स्टेट ब्याङ्क (एसबीआई), सिक्किममा राज्य स्तरीय ब्याङ्कर्स समिति (एसएलबीसी) को संयोजकको रूपमा देशव्यापी रूपमा चलिरहेको 3 महिने सन्तृप्ति अभियानको एक भागको रूपमा 4 सेप्टेम्बर, 2025 मा सिक्किमको राङ्कामा एक मेगा वित्तीय समावेशीकरण शिविर आयोजन गरियो।

भारत सरकारको वित्तीय सेवा विभाग (डीएफएस) द्वारा शुरु गरिएको यो अभियानको उद्देश्य देशभरिका सबै ग्राम पञ्चायतहरू (जीपी) र शहरी स्थानीय निकायहरू (यूएलबी) मा प्रमुख वित्तीय समावेशीकरण योजनाहरूको व्यापक कभरेजलाई प्रवर्द्धन गर्नु रहेको छ। उक्त जानकारी आज पीआईबीले दिएको छ।

यस शिविरमा राङ्का र नजिकैका क्षेत्रहरूबाट 163 जना प्रतिभागीले उत्साहपूर्वक भाग लिए अनि सिक्किममा सार्वभौमिक वित्तीय समावेशीकरणको दिशामा एक महत्त्वपूर्ण कोसेढुङ्गा साबित भयो।

यस अवसरमा भारत सरकारका अवर सचिव सुरिन्दर कुमारले मुख्य अतिथिको रूपमा उपस्थित भएर सामाजिक-आर्थिक विकासलाई बढ़ावा दिनमा वित्तीय समावेशीकरणको महत्त्वमाथि जोड दिए। उपस्थित अन्य गणमान्य व्यक्तिहरूमा आरबीआईका महाप्रबन्धक गोदा रवि शङ्कर, सिक्किम सरकारका निर्देशक (वित्त) महेन्द्र प्रधान, एसएलबीसी (सिक्किम) का सहायक महाप्रबन्धक गोपाल लामा र एसबीआई राङ्काका शाखा प्रबन्धक सोनाम भोटिया रहेका थिए।

ब्याङ्कका अधिकारीहरूले प्रधानमन्त्री सुरक्षा बीमा योजना (पीएमएसबीवाई), प्रधानमन्त्री जीवन ज्योति बीमा योजना (पीएमजेजेबीवाई) र अटल पेन्शन योजना (एपीवाई) सहित विभिन्न वित्तीय समावेशीकरण र सामाजिक सुरक्षा योजनाहरूको बारेमा गहन जानकारी प्रदान गरे। अधिकारीहरूले अन्तरक्रियात्मक सत्र पनि आयोजन गरे तथा कार्यक्रम स्थलमै नामाङ्कन, सहभागीहरूलाई जानकारी प्रदान गर्ने र यी उनीहरूलाई यी योजनाहरूसित जोड्नमा सहायता प्राप्त भयो।

यस कार्यक्रममा 50 प्रतिभागीले आफ्नो पुन: केवाईसी औपचारिकता पूरा गरे, जसमा क्रमशः पीएमएसबीवाई र पीएमजेजेबीवाई अन्तर्गत 60 र 30 प्रतिभागीहरूले नामाङ्कन गराए अनि एपीवाई अन्तर्गत 5 प्रतिभागीले नामाङ्कन गराए।

यस अतिरिक्त, प्रतिभागीहरूलाई सुरक्षित ब्याङ्किङ प्रथाहरूको बारेमा पनि शिक्षित गरिएको थियो र शिविरमा उपस्थित ब्याङ्क अधिकारीहरूले उनीहरूको खाता र अन्य ब्याङ्किङ योजनाहरूसित सम्बन्धित प्रश्नहरूको जवाफ दिए।

शिविरले स्थानीय जनतासम्म सफलतापूर्वक पहुँच बनायो, जागरूकता फैलायो र भारत सरकारका प्रमुख वित्तीय समावेशीकरण योजनाहरू अन्तर्गत कभरेज सुनिश्चित गऱ्यो, जसले सिक्किममा वित्तीय सशक्तिकरण र सामाजिक-आर्थिक समावेशीकरणलाई बढ़ावा दिनका लागि सरकारको प्रतिबद्धतालाई प्रदर्शन गऱ्यो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande